काठमाण्डौ । सामसङ, नेपालले आफ्नो जे सिरिजको रेञ्जमा आज नयाँ ग्यालाक्सी जे टू एस ल्याएको छ । सुपथ रेञ्जका फोनहरुको वर्गमा सामसङ ग्यालाक्सी जे सिरिज सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज हो । 

ग्यालाक्सी जे टू एस ५” स्मार्टफोन सेग्मेन्टमा फ्रन्ट क्यामेरा फ्ल्यास् फिचरसहितको सामसङको सबैभन्दा सुपथ मूल्यको फोनका रुपमा बजारमा प्रस्तुत छ । ग्यालाक्सी जे टू एस एक “फोर जी”युक्त फोन हो, जसले नेपालको फोर जी स्मार्टफोन क्षेत्रमा सामसङको प्रस्तुतीलाई झनै सुदृढ बनाएको छ ।

सामसङ नेपालको एचएचपी डिभिजनका डेपुटी जेनरल म्यानेजर प्रनय स्थापितका अनुसार “ग्राहकहरुले जे सिरिजको बनावटको उत्कृष्ट क्वालिटी तथा नेपाल–केन्द्रित फिचरहरु जस्तै यूडिएस, एस बाइक, टिएसटि, एस पावर प्लानिङ्ग र एस सेक्योरलाई निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले भने–‘यस सफलताबाट प्रेरित भई हामी आफ्नो पोर्टफोलियोलाई बढाउँदै रु. १३,९९० मूल्यको ग्यालाक्सी जे टू एस बजारमा ल्याएको छ । सेल्फी लिने तथा मनोरञ्जन मन पराउने प्रयोगकर्ताहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस मोडलमा ५” स्क्रिनका साथ फ्रन्ट फ्ल्यास् राखिएको छ । 

विशेष नेपालका लागि सामसङले ल्याएका फिचरहरु निम्न रहेका छन् : 
-अल्ट्रा डाटा सेभिङ्ग (UDS) जसले डाटा कम्प्रेश गरी ५०५ सम्मको डाटा बचाउँछ ।

-एस बाइक मोड (S bike mode) जसले जिम्मेवार बाइक राइडलाई प्रोत्साहन दिई फोन प्रयोगकर्ताहरुलाई रोडमा निश्चिन्त भई बाइक राइड गराउँछ ।

-टर्बाे स्पिड टेक्नोलोजी (TST) जसले फोनको ¥यामलाई अप्टिमाइज गरी एपहरुलाई आफ्नोभन्दा दोब्बर र्याम भएका फोनहरुको तुलना ४० प्रतिशतसम्म छिटो खोल्न मद्धत गर्छ । यसले गर्दा ग्राहकहरु फोनको पर्पmमेन्सको बारेमा चिन्ता नलिई ढुक्कले विभिन्न एपहरु एकैसाथ चलाउन सक्नुहुनेछ ।

-साथै, “ग्यालाक्सी जे टू एस” मा सामसङले अर्काे नविनतम लोकलाइज्ड् फिचर एस पावर प्लानिङ्ग (S Power Planning) पनि ल्याएको छ जुन एउटा स्मार्ट ब्याट्री म्यानेज्मेन्ट सिस्टम हो । यसले प्रयोगकर्ताहरुलाई सधैं नै कनेक्टेड रहन मदत गर्छ । 

-त्यसैगरी, एस सेक्योर (S Secure)ले सेफ ब्राउजिङ्ग एक्सपेरिएन्स् प्रदान गरी व्यक्तिगत जानकारीहरुलाई सुरक्षित राख्छ ।

सुपिरियर इमेजिङ्ग
ग्यालाक्सी जे टू एस सामसङ्गको सबैभन्दा सुपथ ५” डिभाइस हो, जुन गोल्ड, ब्ल्याक र सिल्भरमा उपलब्ध छ । ८ एमपी रियर क्यामेरा र सेल्फी फ्ल्यास  सहितको ५ एमपी फ्रन्ट क्यामेराका साथ फोर जी फिचरले प्रयोगकर्ताहरुलाई उत्कृष्ट लो–लाइट फोटोग्राफी र ठूलो ५” स्क्रिन मार्पmत उच्च सोसल मिडिया अनुभव प्रदान गर्नेछ ।