काठमाण्डौ । लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले नेपालको ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक–२०१६’ अवार्डले सम्मानित गरेको छ । 

बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको भन्दै बैंकलाई यस्तो सम्मान दिइएको म्यागेजिन टिमले जनाएको छ । बैंकले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने उद्देश्यका साथ स्थापना भएको ग्लोबल आइएमईका हाल ९१ वटा शाखा, ९९ एटिएम र ४० वटा शाखारहित बैंकिङ सेवा केन्द्र छन् ।खबैंकले ६ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । भारत र अष्ट्रेलियामा आफ्ना सम्र्पक कार्यालय स्थापना गरेर बैंकले सेवा प्रदान गरिरहेको छ ।