काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आबको सोही अवधिको तुलनामा खूद नाफा ३४.३७ प्रतिशतले बढाएको छ । 

सोमबार प्रकाशित सो बैंकको वित्तीय विवरण अनुसार सोमबार प्रकाशित सो बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष ३१ करोड १ लाख खूद नाफा भएकोमा यो वर्ष बढेर ४१ करोड ६७ लाख रुपैयाँ पुगेको हो । 

संचालन नाफातर्फ पनि यो बैंकको सन्तोषजनक प्रगति छ । ४३ करोड ५९ लाखको संचालन नाफा बढेर यो वर्ष ५४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । 

५८ करोड ६७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर ८२ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो बैंकको चुक्तापूँजी ७ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । 

बैंकले पहिलो त्रैमासमा ७९ अर्ब ५० करोड निक्षेप संकलन गरी ६७ अर्ब १६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ६३ अर्ब ९ करोड निक्षेप संकलन गरी ५२ अर्ब १० करोड कर्जा लगानी गरेको थियो । 

निस्क्रिय कर्जा दरमा समेत ग्लोबल आइएमई बैंकले झिनो प्रगति हासिल गरेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा १.९८ प्रतिशत रहेको निस्क्रिय कर्जाको दर घटेर १.७१  प्रतिशतमा झरेको हो । 

बैंकको प्रति सेयर आम्दानी रु.२३.५५, प्रतिसेयर नेटवर्थ १२७.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.७८ गुणा  कायम भएको छ ।