काठमाण्डौ । ग्लोबल आइएमई बंैकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ । 

“रक्तदान नै जीवन दान” हो भन्ने मूूल नाराका साथ सोमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परीक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको सहभागिता रहेको थियो ।

मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ । 

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ द इयर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भइसकेको छ । 

९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  ६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिदै आइरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।