काठमाण्डौ । ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको issuer र acquirer प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसन्स, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गरे । 

मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको बताइएको छ । यसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढी सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्नेछ ।

यस सम्झौतापछि मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा क्यासलेस भुक्तानी प्रणाली लागू गर्न मद्दत गर्ने बताइएको छ । 

ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्न नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याइसकिएको बैंकले जनाएको छ ।