काठमाण्डौ । पछिल्लो समय दैनिकजसो नेपालको सेयर बजारमा पहिरो गइरहेको छ । सोमबार नेपालको सेयर बजार परिसूचक नेप्से करिब ३ प्रतिशतले घट्यो । तर बजार घट्ने बित्तिकै आत्तिहाल्नुु पर्दैन । पहिरो गइरहने बजारमा समेत लगानी गर्ने निश्चित सूत्र हुन्छ, यस्तो बेलामा पनि यी सूत्र अपनाएर लगानी गर्ने हो भने सेयरबाट कुस्त कमाउन सकिन्छ । 

यस्तो बेलामा पैसा कमाउनका लागि धैर्यता र अनुशासन मात्र होइन, तपाईमा बजारलाई राम्रोसँग बुुझ्नसक्ने क्षमता र रिसर्चको ज्ञान समेत हुन आवश्यक हुन्छ । 

पछिल्लो समयको सेयर बजारको तीव्र घटबढले धेरै लगानीकर्ता द्विविधामा परेका छन् । यस्तो अवस्थामा धेरै लगानीकर्ताहरुले कहाँ लगानी गर्ने र कहाँ नगर्ने भन्ने बिषयमा कुनै भेउ पाउन सकेका छैनन् । त्यस्तै, कुन सेयर होल्ड गर्ने र कुन चाहि बिक्री गर्ने भन्ने बिषयमा समेत उनीहरु बिलखबन्दमा परेका देखिन्छ । यस्ता लगानीकर्ताका लागि लगानीका यी सूत्र उपयोगी हुनसक्छन् । हेरौं, पहिरो गइरहेको बियरिस बजारमा लगानी गर्ने १० सूत्रहरु :

१.अरुको नक्कलबाट बच्नुहोस्
सेयर बजारमा अर्काको नक्कल गर्नबाट बच्नुुपर्छ । छिमेकी वा नजिकको साथीभाई जुन सेयरमा लगानी गरिरहेको हुन्छ, प्राय मानिस त्यस्तै सेयरमा पैसा हालिरहेको हुन्छ । यस्तो काम कहिल्यै गर्नु हुन्न । किनकि लामो समयसम्म तपाईंको पैसा डूूब्न पनि सक्छ । यसकारण लगानी गर्नुअघि निकै सोचेर र सम्झिएर मात्र बजारमा पैसा हाल्नुुहोस् । यो बिषयमा सेयरका बादशाह वारेन बफेले पनि भनेका छन् कि जब दोश्रो व्यक्ति लोभी हुन्छ तपाई डराउनुहोस्, जब तपाई लोभी बन्नुहुन्छ तब अर्को व्यक्ति डराउनुपर्छ । 

२.रिसर्चपछि मात्र निर्णय लिनुहोस्
सेयर बजारमा लगानी गर्नुअघि राम्रो ढंगले रिसर्च गर्नुहोस् । तर यो काम निकै कम व्यक्तिले मात्र गरिरहेका हुन्छन् । लगानीकर्ताले अक्सर त्यस्तो कम्पनीमा मात्र लगानी गर्छन्, जसको नाम उनीहरुले धेरै सुनेका हुन्छन् । तर, यसरी सेयर बजारमा पैसा फसाउने तरिका ठीक होइन । 

३.कम्पनीको विजिनेश जान्नुहोस्
सेयर बजारमा कुनै कम्पनीमा लगानी गर्नुअघि त्यसको विजिनेशको बिषयमा समेत राम्रोसँग बुुझ्नुपर्छ । सो कम्पनीको ग्रोथको बिषयतर्फ पनि राम्रो ध्यान दिनुपर्छ । 

४.खास सेयरमा अर्जुनदृष्टि
लगानीकर्ताले कहिल्यै पनि बजारको गतिलाई यही होला भनेर भन्न सक्दैन । उसले बजार कुन बेला घट्छ र कुन बेला बढ्छ भनेर पनि ठ्याक्कै भन्नसक्ने सूत्र अहिलेसम्म कहीँ कतैं बनेको छैन । यसकारण खास प्रकारको सेयरमा लगानीकर्ताले सधैं अर्जुनदृष्टि लगाइरहनुुपर्छ । 

५.सिस्टेमेटिक लगानी, धेरै फाइदा
जुन लगानीकर्ताले लगानीको नियम अनुसार व्यवस्थित ढंगले लगानी गर्छ र धैर्य गर्छ, उसले धेरै फाइदा लिइरहेको देख्न सकिन्छ । लङ टर्म लगानीमा यस्ता लगानीकर्ताले धेरै फाइदा लिइरहेका हुन्छन् । यो यसकारण हुन्छ कि उनीहरुले धैर्यवान र अनुशासित भई लामो समयका लागि लगानी गरेका हुन्छन् र यही अनुशासन तथा धैर्यताले एकदिन उनीहरुको लगानीले राम्रो रिटर्न दिन्छ । 

६.भावनात्मक भएर निर्णय नलिनूू
धेरै कमाउनका लागि लालच गर्दा र डूूब्न लागे भनेर अत्तालिंँदा नेपालका धेरै सेयर लगानीकर्ताले लाखौं गुमाउनुुपरेको छ । यसकारण बजारको उतारचढावको अवस्थामा डराएर वा अत्तालिएर सेयर बजारमा कारोबार नगर्नुहोस् । जस्तो, अहिले बजार तीव्र गतिमा घटिरहेको छ, यस्तो अवस्थामा अत्तालिएर आफूसँग भएको सेयर बिक्रीको हतारो गर्नुहुन्न । 

७.प्रभावशाली पोर्टफोलियो बनाउनुुहोस्
आफ्नो पोर्टफोलियोलाई विविधिकरण(डाइभर्सीफाइ) गर्नुहोस् । सबै क्षेत्रको सेयरमा लगानी गर्दा कम जोखिममा धेरै रिटर्न आउने संभावना बढी हुन्छ । प्रत्येक लगानीको जोखिम मोल्ने क्षमताको हिसाबबाट मात्र आफ्नो डाइभर्सीफाइ पोर्टफोलियो बनाउनुुपर्छ । 

८.आशावादी बन्नू
आफ्नो लगानीबाट राम्रो रिटर्नको आशा राख्ने गलत कुरा होइन । तर यदि तपाईंको फाइनान्सियल टार्गेट अवास्तविक धारणामा टिकेको छ भने चाहि तपाईंलाई ठूूलो घाटा हुनसक्छ । 

९.अतिरिक्त पैसा लगानीमा
यदि तपाईं बजार घटिरहेको बेला जोखिम उठाउन चाहनुुहुन्छ भने तपाईसँग खर्च र बचत बाहेक पनि अतिरिक्त पैसा हुनुपर्छ, ताकि घाटाको अवस्थालाई तपाईंले सहजै सहन वा झेल्न सक्नुुहोस् । कसैले ग्यारेण्टी गर्न सक्दैन कि आगामी महिना तपाईंले बजारबाट राम्रै रिटर्न नै पाउनुुहुन्छ भन्ने कुराको । त्यसकारण यदि तपाईंसँग आफ्ना जरुरी आवश्यकता पूरा गर्नका लागि आवश्यक खर्चको साथमा अतिरिक्त पैसा छ भने मात्र सेयर बजारमा लगानी गर्नु उत्तम हुन्छ । 

१०.निगरानी राख्नुुहोस्
विश्व वा देशका कुनै पनि क्षेत्रमा भएको हलचलको असर सेयर बजारमा पर्छ । यसकारण लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा सधै निगरानी गरिररहनुपर्ने हुन्छ । योसँगै आफ्नो पोर्टफोलियोमा समय अनुसार केही परिवर्तन पनि गर्नुपर्ने हुनसक्छ ।