काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो सर्च इञ्जिन गुगलले तपाईंलाई घरमै बसी बसी विजिनेश गर्ने अवसर दिइरहेको छ । यो विजिनेशमा सहभागी भएर तपाईले घरमै बसी–बसी मासिक ५ लाख रुपैयाँसम्म कमाई गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले ठूलो लगानी पनि गर्नुपर्दैन । गुगलले आफ्नो एडसेन्स सर्भिसमार्फत यस्तो मौका दिइरहेको हो । यो गुगलको एडभरटाइजमेन्ट सर्भिस हो । यसको माध्यमबाट विश्वभरिका ब्लगर्स र वेबसाइट संचालकहरुले समेत लाखौं कमाइरहेका छन् । 

यसरी बन्छ अकाउण्ट
वेबसाइट वा ब्लग बनाएपछि तपाईले गुगल एड्सेन्समा आफ्नो अकाउण्ट बनाउनुपर्छ । गुगलको विज्ञापन देखाउन तपाईंले केही कोडहरु आफ्नो वेबसाइटमा पेस्ट गर्नुपर्छ । यसपछि तपाईंको साइटमा सम्बन्धित  विज्ञापनमा जति पटक क्लिक हुन्छ, गुगलले त्यसको हिसाबले तपाईंलाई भुक्तानी दिन्छ । तपाईंले प्राय अधिकांश वेबसाइटको दाहिनेपट्टि वा सबैभन्दा माथि वा समाचारको हेडलाइन माथि वा तल गुगलको विज्ञापन देख्नुभएकै होला । यस्ता स्पोन्सर एडहरु राखिदिएबापत सम्बन्धित कम्पनीहरुले गुगललाई पैसा दिन्छन् र गुगलले तपाईलाई त्यहीबाट पैसा भुक्तानी गर्छ । 

कसरी काम गर्छ गुगल एड्सेन्सले ?
गुगल एडसेन्समा सबैभन्दा धेरै भुक्तानी गर्ने कम्पनीको विज्ञापन राखिन्छ वा देखाइन्छ । जसको रियल टाइम अक्सन चलिरहन्छ । तपाईंले आफ्नो साइटमा विज्ञापनको फरमेट छनौट गर्न सक्नुहुन्छ । गुगलमा विज्ञापनका कयौं भेराइटी तथा फरमेटहरु सहजै प्राप्त हुन्छन् । आफ्नो साइटमा तपार्ई कुन ठाउँमा विज्ञापन देखाउन चाहनुहुन्छ, त्यो ठाउँको छनौट गर्नुहोस् र गुगलको एक कोड पेस्ट गर्नुहोस् । यसपछि तपाईंको साइटमा सबैभन्दा धेरै भुक्तानी गर्ने विज्ञापन देखिन थाल्छ । बिलिङका लागि तपाईंले केही गर्नुपर्दैन, गुगलले एक निश्चित समयपछि तपाईंको साइटमा देखिएको विज्ञापनको भुक्तानी आफैं गरिदिन्छ । 

कतिसम्म हुनसक्छ कमाई ?
गुगलको विज्ञापनको माध्यमबाट तपाईंले मासिक कतिसम्म कमाउन सक्नुहुन्छ, यसको बिषयमा गुगलले कुनै खुलासा गरेको छैन । तर प्रत्येक दिन गुगल एडबाट तपाईंलाई कति प्राप्त भयो भन्ने कुरा आफ्नो एडसेन्स अकाउण्ट लगइन गरेर हेर्न सक्नुहुन्छ । यदि तपाईंको खातामा १० क्लिकको बदला १० डलर जम्मा भएको छ भने यसको अर्थ हो तपाईले प्रति क्लिक १ डलर कमाइरहनुभएको छ । तर एउटा एडबाट तपाईंले कतिसम्म कमाउनुभयो भन्ने चाहि गुगलले तपाईंलाई कहिल्यै जानकारी दिंदैन । तपाईंले गुगलको माध्यमबाट आफ्नो औसत कमाईको आँकलन चाहि गर्न सक्नुहुन्छ । किनभने प्रत्येक एडको रेभेन्यू अलग अलग हुनसक्छ । एक अनुमानका अनुसार वेबसाइटहरुले प्रति क्लिक २ सेन्टदेखि १५ डलरसम्मको कमाई गरिरहेका छन् ।

यसरी बढ्नसक्छ गुगलको कमाई
तपाईंको साइटमा राखिएको विज्ञापनमा क्लिकको हिसाबले गुगलले तपाईलाई भुक्तानी दिन्छ । जति धेरै तपाईंको साइटमा क्लिक भयो उति नै धेरै तपाईंको आम्दानी बढ्छ । क्लिक बढाउनका लागि तपाईंले आफ्नो साइट वा ब्लगको प्रोमोसन गर्नुपर्ने हुन्छ । तपाईंले आफ्नो साइट वा ब्लगको प्रोमोसन यूट्यूब, फेसबुक, ट्वीटरमार्फत गर्न सक्नुहुन्छ । यी सामाजिक सञ्जालबाट साइटमा ट्राफिक बढाउन सकिन्छ । 

२०१५ मा गुगलले बाँड्यो मोटो रकम
गुगलको वेबसाइटका अनुसार सन् २०१५ मा गुगलले आफ्ना एड्भरटाइजरहरुलाई करिब १ हजार करोड डलर बाँडेको थियो । गुगलमा विज्ञापन गर्ने ठाउँ पाउनका लागि ठूला–ठूला कम्पनीहरु अनलाइन बोलकबोलमा सहभागी हुन्छन्, यसको अर्थ जति धेरै यस्ता कम्पनीहरुबीच प्रतिस्पर्धा भयो, गुगललाई उति धेरै पैसा प्राप्त हुन्छ र यसको फाइदा उति नै वेबसाइटहरुलाई पनि हुन्छ । 

काठमाण्डौका युवाको खर्च गुगल एडसेन्सबाट धानिन्छ !
तपाईंलाई थाहा नहुन सक्छ, गुगल एडसेन्समै अनलाइन काम गरेर समेत काठमाण्डौका आइटीप्रेमी युवाहरुले मासिक ५० हजारदेखि २ लाखसम्म आरामले कमाइरहेका छन् । देशका अन्य शहरका बाठा र प्रविधिमैत्री युवाहरुले समेत कुस्त कमाइ गरिरहेका छन् । काठमाण्डौका न्यूरोड, कलंकी, बागबजार लगायतको क्षेत्रमा गुगल एडसेन्समा अनलाइन बसेर काम गर्न सहजीकरण गर्ने कम्पनी तथा तालिमकेन्द्र नै खुलेका छन् । तर यस्तो तालिम लिंदा तालिम दिने कम्पनीहरुले तपाईंले गुगलमा दैनिक ५ घण्टाजति काम गरेर कमाउनुभएको रकमको आधा बढी पैसा कमिसनको रुपमा लिने गरेको गुनासो युवाहरुले गर्ने गरेका छन् । यस्ता तालिम केन्द्रमा गुगल एडसेन्समा काम कसरी गर्ने भन्ने बिषयमा सिक्नका लागि निश्चित शुल्क पनि तिर्नुपर्छ । नदेखिएको र धेरैलाई थाहा नभएको गुगल एडसेन्समा काम गरेर तपाईंले आनन्दले आफ्नो खर्च टार्न सक्नुहुन्छ । माथि भनिएजस्तो व्यवसायिक रुपमा वेबसाइट वा ब्लग नै बनाउनुभयो भने त्यसको कमाईले तपाईं पैसा कमाउन विदेश नै जानुपर्ने आवश्यकता हुन्न ।