काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुबीचको मर्जरको कुरा नेपालका लागि नौलो बिषय भएन । त्यस्ता संस्थाहरुको क्षमता बढाउने उद्देश्यले मर्जरको नीति लिइएको सर्वविदितै कुरा हो । मर्जरपछि हुने एकतामा बल रहेको बुुझेकै कारण पछिल्लो समय नेपालका साना तथा घरेलुु व्यवसायीहरु समेत मर्जरको नौलो अभ्यासमा जुटेका छन् । 

साना तथा घरेलुु उद्योग र त्यससँग सम्बद्ध उद्योगी व्यवसायीको पक्षमा काम गर्ने समान प्रकृतिका संस्थाबीचको मर्जरलाई तीव्र बनाइएको नेपाल घरेलुु तथा साना उद्योग महासंघले खुलासा गरेको हो । 

महासंघको आयोजनामा यही बैशाख ७ देखि ११ गतेसम्म काठमाण्डौको भृकुुटीमण्डपमा आयोजना हुने १३ औं अन्तराष्टिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीको तयारीको बिषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्यामप्रसाद गिरीले मर्जरको बिषय खुलासा गरेका हुुन् । 

'संगठित र प्रतिबद्ध निजी क्षेत्रको आवश्यकता महसुुस गरी लघुु, घरेलु तथा साना उद्योगको विकासमा कार्य गर्न स्थापना भएका समान प्रकृतिका संस्थाहरुसँग एकीकरणको आवश्यक्ता रहेकोले महासंघले एकीकरणका प्रयासहरु सुरु गरेको छ ।'उनले भनेका छन् । 

अध्यक्ष गिरीका अनुसार साना तथा मझौला व्यवसायी महासंघसँगको एकता प्रक्रिया लगभग निश्कर्षउन्मुख छ । 'हामीले उहाँहरुसँग धेरैपटक वार्ता गरी निकै अगाडि बढिसकेका छौ ।' गिरीले भने-'राष्टिय उद्योग व्यापार संगठनसँग पनि एकीकरणको उद्देश्यले वार्ता प्रारम्भ गरेका छौ।' 

यसैबीच, अध्यक्ष गिरीले बैशाख ७ देखि आयोजना हुने व्यापार मेलाको सबै तयारी पूरा गरिएको जानकारी दिए । मेलामा २३६ वटा स्टल रहने, जहाँ ६० भन्दा बढी नवीन प्रविधि अनुसन्धानकर्तासहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशीलता प्याभिलियन, १० वटा स्टलको वन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टल र बाँकीमा औद्योगिक उत्पादनहरु राखिने बताइएको छ । मेलामा ६ करोड बढीको आर्थिक कारोबार हुने र एकलाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशका औद्योगिक उत्पादनको समेत प्रदर्शनी हुने पत्रकार सम्मेलनमा बताइएको छ । यसपटकको मेला ‘वैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि, उद्योगमा प्रविधि प्रतिस्थापन पुस्ता हस्तान्तरणका लागि’ भन्ने मूल नारासहित आयोजना हुन लागेको हो ।