काठमाण्डौ । महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि.ले चरिकोटमा गत फागुन ९ गते आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न”को सुरुवात गरेको छ । 

एक विशेष समारोहका बीच सो शोरुमको नेपालका लागि महिन्द्रा, इन्डियाका तर्पmबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले संयुक्त रुपमा गरेका थिए । 

ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ । महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय यूूभी सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम चरिकोटमा प्रस्तुत भएको हो । 

उक्त उद्घाटन कार्यक्रममा बोल्दै अग्नि इन्कर्पाेरेटेडको सेल्सतर्फका असिस्टेन्ट् डिरेक्टर वरदान बस्नेतले सो नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुनुका साथै स्थानीय क्षेत्रमा अन्य विभिन्न आर्थिक लाभ पुग्ने दाबी गरे । 

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरुसमक्ष सफतापूर्वक पुर्याउँदै आएको छ ।