काठमाण्डौ । चिलिमे हाइडोपावर कम्पनीले लिमीटेडको खूद नाफा घटेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५६ करोड १७ लाख खूद नाफा आर्जन गरेको यो जलविद्युत कम्पनीले यो वर्षको सोही अवधिमा ५५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा गरेको हो ।

कम्पनीले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार विद्युत बिक्री गरी यो कम्पनीले ६५ करोड ४२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष भने बिजुली बेचेर यो अवधिमा ६४ करोड २५ लाख मात्र कमाएको थियो । 

यसको ब्याज आम्दानीतर्फ ठूलै पहिरो गएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ४ करोड ८ लाख रहेको ब्याज आम्दानी घटेर यो वर्ष १ करोड ६९ लाखको विन्दूमा आइपुुगेको हो । 

चिलिमेको रिजर्ब फण्ड भने बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ४ अर्ब ३४ करोड रुपैयाँ रहेको यस्तो फण्ड बढेर यो वर्ष ४ अर्ब ५२ करोड रुपैयाँको उचाईमा पुुगेको छ । 

यो कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी ३२ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ३३ पैसा र मूल्य आम्दानी अनुपात २५.१९ गुणा कायम भएको छ ।