काठमाण्डौ । सपोर्ट माइक्रो फाइनान्सले आगामी चैतभित्र १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो माइक्रो फाइनान्सले सोही योजनाका साथ आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ । 

सपोर्ट माइक्रो फाइनान्सका सीइओ चन्द्रलाल ढकाल र एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेबीच आइपीओ निश्कासनमा बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा पुस ३ गते हस्ताक्षर भएको बताइएको छ ।

यो कम्पनीले चैतभित्रमा १ करोड ८० लाख मूल्यको आइपीओ जारी गर्न लागेको स्पष्ट पारेको छ । यो माइक्रो फाइनान्सको हालको अधिकृत पूँजी १५ करोड, जारी पूँजी ६ करोड रहेको छ । ६ करोडमध्ये संस्थापकको तर्फबाट ४ करोड २० लाख रकम आइसकेको छ । अब बाँकी रहेको पब्लिकतर्फको रकम बराबरको आइपीओ आउन लागेको हो । आइपीओ जारीपछि कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ पुुग्नेछ । 

हाल यो माइक्रो फाइनान्सले १० जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ । यसले १९ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।