काठमाण्डौ । विगत लामो समयदेखि सक्रिय राजतन्त्र पुनस्र्थापनाको अभियान संचालन गर्दै आएको शाही युवा शक्तिले आगामी चैत १२ गते गणतन्त्रको विरोधमा विशाल जनसभा आयोजना गर्ने भएको छ । 
 

शाही युवा शक्तिको संयोजक पशुपति खड्काका अनुसार राजतन्त्र पुनस्र्थापनाको सान्दर्भिकता पुष्टि हुँदै गएपछि जनमानसलाई सचेत गराउन र शासकहरुलाई दवाब दिन विशाल जनसभा आयोजना गर्न लागिएको हो । 
 

बसन्तपुरमा आयोजना हुने सभाअघि काठमाण्डौमा हजारौंको सहभागितामा मोटरसाइक र्याली पनि निकालिने खड्काले बताएका छन् । उनका अनुसार करिब १० हजार युवाहरुलाई सो दिन राजधानीको सडकमा उतारिनेछ । 
 

जनसभामा संगठनका केन्द्रीय नेतृत्व र अन्य राजावादी शक्तिका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शाही युवा शक्तिले यसअघि समेत राजतन्त्रको पक्षमा प्रदर्शन गर्दै आएको छ ।