काठमाण्डौ । मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको टुुरिजम डेभलपमेन्ट बैंकले अपाm्ना सेयरधनीका लागि आगामी चैत १३ गतेदेखि एकसय प्रतिशतको दरले हकप्रद निश्कासन गर्ने भएको छ । 

एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले हकप्रदका लागि आवेदन दिने मिति चैत १३ गतेदेखि ३५ दिनसम्म अर्थात बैशाख १७ गतेसम्म तोकिएको छ । 

टुरिजम डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद निश्कासन गर्दैछ । 

सतप्रतिशत हकप्रदका लागि बैंकले माघ ७ गतेदेखि बुक क्लोज गरेको थियो । यसको अर्थ माघ ६ गतेसम्म टुरिजम डेभलपमेन्ट बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । 

इच्छुक सेयरधनीले हकप्रदका लागि काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटल मार्केटको मुख्य कार्यालय र देशभरका टुरिजम डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट फारम भर्न सक्नेछन् । 

सतप्रतिशत हकप्रद निश्कासनपछि यो विकास बैंकको चुक्तापूँजी १ अर्ब ८३ करोडको उचाईमा पुुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी  ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ । 

टुुरिजम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १४ करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ । 

मर्जरको प्रक्रियामा रहेको मेगा बैंकले पनि आफ्ना सेयरधनीका लागि ६५ प्रतिशत हकप्रद प्रस्ताव गरेको छ । मेगा र टुरिजम डेभलपमेन्ट बैंकको हकप्रद समेत निश्कासन भएपछि मर्जर प्रक्रिया पूरा हुने र दुवैको हकप्रदपछिको चुक्तापूँजीको समायोजनपछि बन्ने मेगा बैंकको चुक्तापूँजी ९ अर्ब ४८ करोडको उचाईमा पुुग्नेछ ।