काठमाण्डौ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपमा फागुन ११ देखि शुरु भएको राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीको छैठो संस्करणमा उपभोक्ताको भीड बढेको छ । 

यो प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघले गरेको हो । 

मेला सुरु भएको ५ दिनमा करिब ४१ हजार उपभोक्ताले अवलोकन गरेका छन् । यस मेलामा हालसम्म विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, विद्यार्थी, खेलाडी, कलाकारले पनि अभिरुचिपूूर्वक अवलोकन गरेका छन् । 

मेलामा बिक्री भएका सबै जुत्ता तथा चप्पलहरुमा ६ महिना वारेन्टीका साथ १५ देखि २५ प्रतिशतसम्म छुटको अफर दिइएको छ । मेलामा करिब ८० हजार दर्शक भित्र्याउने आयोजकको लक्ष्य छ । पछिल्ला उत्पादनभन्दा नितान्त नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गरिएको छ । यो मेला फाल्गुण १९ गतेसम्म चल्नेछ ।