काठमाण्डौ । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले क्वालिटीमा नो कम्प्रमाइज भन्ने प्रतिबद्धतात्मक अभियानको थालनी गरेको छ ।

सिमेन्टले ग्राहक वर्ग तथा आम उपभोक्ता समक्ष समय अनुकुल विभिन्न किसिमका योजना तथा कार्यक्रमहरु गर्ने क्रममा पछिल्लो समय यस्तो अभियान थालनी गरेको जनाएको छ ।

उक्त अभियानको प्रारम्भिक चरणमा ३ दिनका लागि दैनिक विहान देखि बेलुका सम्म काठमाडौं, हेटौडा, पोखरा, नारायणगढ, जनकपुर लगायत अन्य विभिन्न शहरहरुको प्रमुख शहरमा सामाजिक जनचेतनामुलक प्ले कार्ड बोकेका मानिसहरुकोबाक्लो उपस्थिति देखिएको थियो ।

अभियान अन्तरगत आम मानिसका विभिन्न महत्वपूर्ण विषयसँग सम्बन्धित सम्झौता नगरौं भन्ने सन्देशहरु उल्लेख गरिएका बोर्डहरु लिएका मानिसहरुको उपस्थिति देखिएको थियो ।

स्थानको छनोटमा हस्पिटलको एरियामा स्वास्थ्यको मामलामा, धार्मिक स्थलहरुको परिसरमा आस्थाको मामलामा, सडकका मूख्य चोकमा सडक अनुशासनको मामलामालगायत परिवारको खुशीको मामलामा, फिट्नेस्को मामलामा, मनोरञ्जनको मामलामा, बचतको मामलामा जस्ता विभिन्न कुराहरुमा नो कम्प्रमाइज भन्ने सन्देशमूलक कुराहरु प्ले कार्डमा उल्लेख गरिएका थिए ।

यसरी सार्वजनिक स्थानहरुमा सन्देशमूलक कार्डको सहायताले मानिसहरुमा जनचेतना वृद्धि समाजलाई केहि परिर्वतन ल्याउन सकिने दाबी कम्पनीको रहेको छ ।

साथै अभियान मार्पmत सधैँ क्वालीटीलाई प्राथमिकतामा राख्ने शिवम् सिमेन्टले अरुलाई पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण पक्षहरुमा सम्झौता नगर्ने सन्देश दिँदै ग्राहकहरुलाई सचेत गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट आइएसको, आईएसआई र युआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योग हो ।