काठमाण्डौ । ‘ज्याक डानियल’ विश्वकै सबैभन्दा धेरै बिक्री हुने र लोकप्रिय ह्वीस्की ब्राण्ड हो । यो ह्वीस्कीसँग एउटा निकै रोचक प्रसंग जोडिएको छ । तपाईंलाई पत्यार नलाग्न सक्ला, विश्वकै नम्बर वान ह्वीस्की ब्राण्ड यस्तो देशमा उत्पादन हुन्छ, जहाँ जाडरक्सी सेवन पूर्ण प्रतिबन्धित छ । प्रश्न उठ्न सक्छ, उसो भए यो ब्राण्ड विश्वमै सबैभन्दा बढी  चाहि किन बिक्री हुन्छ त ? हामी यो ह्वीस्कीसँग जोडिएका केही महत्वपूर्ण पक्षहरु केलाउने प्रयास गर्नेछौ । 

ज्याक डानियल बनाउने कम्पनी ब्राउन फोरम्यान कर्पोरेसन सन् १८७५ मा स्थापना भएको थियो । यो कम्पनीको संस्थापक ज्याक डानियल थिए, उनले आफ्नै नामबाट यो ह्वीस्कीको नाम राखेका हुन् । ज्याक डानियल ह्वीस्की कति सफल छ भन्ने कुराको मुख्य प्रमाण यसको बिक्री हो । यो ह्वीस्की एकवर्षमा १ करोड बोतल बिक्री हुन्छ । यो कम्पनीलाई अगाडि बढाउन डानियलले निकै ठूला अप्ठ्याराहरु सामना गर्नुपर्यो । ह्वीस्की बनाउनका लागि सरकारबाट स्वीकृति लिएर प्लान्टका लागि जग्गा लिने काममा पनि ज्याकले धेरै उल्झन भोगे । 

जहाँ बन्छ, त्यही रक्सी प्रतिबन्धित !
तपार्इंलाई अनौठो लाग्नसक्ला । ज्याक डानियलको ह्वीस्की जहाँ बन्छ, त्यो देशमा चाहि रक्सी प्रतिबन्धित छ । अमेरिकाको नर्थ केरेलिनाको मुरी नामको देशमा ज्याक डानियलको उत्पादन हुन्छ । यो देशलाई ‘ड्राइ कन्ट्री’ पनि भनिन्छ, कारण यहाँ रक्सी पिउन पाइन्न । यो राज्यमा ज्याक डानियलको डिस्टीलरी उद्योग खोल्नका लागि मात्रै सरकारले विशेष कानून नै पास गर्नुपरेको थियो । त्यसपछि मात्र यहाँ ज्याक डानियल बनाउने अनुमति प्राप्त भएको थियो । यहाँका लोकल मानिसहरुले ज्याक डानियल खरीद गर्नै सक्दैनन् । 

१३ सालदेखि नै व्यापार


ज्याक ६ वर्षको छँदा नै उनकी आमाको देहान्त भएको थियो । त्यसपछि उनकी सौतेनी आमाले उनलाई यातना दिने र गलत व्यवहार गर्ने गर्थिन । सौतेनी  आमाबाट दिक्क भएका ज्याक घर छाडेर आफ्ना हजूरबुबासँग बस्न थाले। ज्याकका हजूरबुबा त्यहाँका राजनीतिज्ञ थिए, जब उनी शक्तिमा आए तब ज्याककै लागि उनले रक्सी बनाउने इजाजत दिनका लागि विशेष कानून नै पास गरिदिए । 

यो बेला ज्याकको उमेर मात्र १३ वर्षको थियो । तर ज्याकको विजिनेशप्रतिको मोह देखेर उनका हजूरबुबाले आफ्नो राजनीतिक करिअरलाई दाउमा राखी ड्राइ कन्ट्री मुरीमा रक्सी उत्पादन गर्ने डिस्टीलरी खोल्नका लागि कानून नै पास गराउने भूमिका खेलिदिएका थिए । उत्पादनको छोटो समयपछि नै मानिसलाई ज्याक डानियल ह्वीस्की मन पर्न थालेको थियो । 

ज्याक डानियलको लोकप्रियता अहिले पनि यति धेरै छ कि, सन् २०१३ मा मात्र  यो ह्वीस्की १ करोड बोतल बिक्री भयो । व्यापार चम्किएका कारण कम्पनीको मुनाफामा पनि ५६ प्रतिशतको वृद्धि हासिल भयो । यहीकारण आज ज्याक डानियल विश्वमा सबैभन्दा धेरै बिक्री हुने ह्वीस्की बनेको छ ।