काठमाण्डौ । तपाईंले कहिल्यै कल्पना गर्नुुभएको छ कि कुनै देशको पैसा दोकान वा ठेलामा किलोग्रामको हिसाबले जोखेर लिन पाइन्छ भनेर ? यो अवस्था नोटबन्दीका कारण भएको हो । भारतभन्दा केही पछि नोटबन्दी लागूू गरेको भेनेजुुएला र उसको छिमेकी देश कोलम्बियामा हिजोआज किलोको हिसाबले पैसा(भेनेजुएलाको नोट) किन्न पाइन्छ । 

यो देश विश्वमै सबैभन्दा धेरै तेल उत्पादन गर्ने मात्र होइन, विश्वलाई सबैभन्दा धेरै मिस वल्र्ड दिने देशको रुपमा पनि परिचित छ । त्यहाँ पनि सरकारको नोटबन्दीको घोषणापछि प्रतिबन्धित नोट ठेला र दोकानमा किलो हिसाबले बिक्री भइरहेको छ । 

भेनेजुएलाको सरकारले ११ डिसेम्बरमा नोटबन्दीको घोषणा गरेको थियो । सो क्रममा सरकारले त्यहाँको १०० को नोटमाथि प्रतिबन्ध लगाउने भनेको थियो । भेनेुजएलाको मुद्रालाई बोलीभार भनिन्छ । त्यहाँको सरकारले पनि भारतमा झै १०० बोलीभारको नोटलाई अन्त गर्न यस्तो घोषणा गरेको हो । 

देशमा धेरै व्यापारीहरुले कालोधनको रुपमा १०० बोलिभारको नोटलाई सञ्चित गर्न र देशलाई कमजोर पार्ने उद्देश्यले धेरै नोट देशबाट बाहिरिन थालेपछि त्यहाँको सरकारले यी सबै गतिविधि अन्तका लागि यस्तो घोषणा गरेको थियो । यो घोषणासँगै करिब ५० प्रतिशत अबैध नोट देशबाट बाहिरिएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । 

भेनेजुएलाको छिमेकी देश कोलम्बियामा सबैभन्दा बढी बोलिभार लगिएको छ । यी गतिविधिलाई नियन्त्रणमा लिनका लागि सरकारले देशभन्दा बाहिर पठाइएको नोटलाई समेत अबैध घोषणा गरिदिएको छ । यही कारण कोलम्बियामा यी नोटहरु ठेला र पसलमा किलोग्रामको हिसाबले बिक्री भइरहेको छ । 

अमेरिकामाथि आरोप
विश्वभरमा भेनेजुुएलालाई आर्थिक रुपमा निकै विकास गरेको देशको रुपमा चिनिन्छ । तर त्यहाँको वास्तविक चित्र केही फरक छ । यहाँ केही विदेशी शक्तिहरुले जानाजान अभावको अवस्था सिर्जना गरिदिएका छन् । अमेरिकाले सुनियोजित रुपमै भेनेजुुएलाको अर्थव्यवस्थालाई तहसनहस पार्न खोजेको आरोप लगाइएको छ । अमेरिकाले लामो समयदेखि नै भेनेजुुएलामा रहेको निकै ठूलो परिमाणको तेल भण्डार(खानी)प्रति आँखा गाँड्दै आएको छ । यिनै कुरा बुुझेको त्यहाँको सरकारले यी सबै समस्या समाधान गर्ने र अनेकन विदेशी चलखेललाई पनि निस्तेज पार्ने हतियारको रुपमा १०० बोलिभारमाथि प्रतिबन्धको घोषणा गरेको हो । 

मिडिया रिपोर्टका अनुसार भेनेजुुएलामा केही दिनभित्रमै ५००, १०००, २००० र बीस हजार बोलिभार चलनचल्तीमा ल्याइनेछ । त्यहाँका जनतासँग भएको १०० बोलिभारको पुरानो नोट यी नयाँ नोटसँग साट्न मिल्ने व्यवस्था त्यहाँको सरकारले गरेको छ ।