काठमाण्डौ । नेपालमा काठमाण्डौ, पोखरा, विराटनगर, चितवन जस्ता ठूला शहरहरुमा मानिसको चाप दिनहुँ बढिरहेको छ । अन्य देशका ठूला शहरहरुमा समेत थामिनसक्ने गरी मानिसको जनसंख्या बढिरहेको छ । तर, विश्वमा यस्ता शहरहरु पनि छन्, जहाँ तपाईलाई बस्नका लागि जागिरको साथमा निःशुल्क बसोबासको सुविधा समेत प्राप्त हुन्छ । यी शहरहरु केवल निःशुल्क रुपमा बस्ने सुविधा मात्र दिंदैनन्, तपाईंलाई पैसाको साथमा घर बनाउन निःशुल्क जमीन समेत उपलब्ध गराउँछन् । हामी आज अमेरिकाका यस्तै केही शहरहरुको बिषयमा बताउन गइरहेका छौ, जहाँ तपाईलाई यी सुविधाहरु प्राप्त हुनेछन् । तर, यी शहरहरुमा निःशुल्क रुपमा बस्न तथा कमाउनका लागि तपाईंले यहाँको प्रशासनको नियम तथा शर्त भने मान्नुपर्छ । यसै आधारमा मात्र तपाईं यहाँ रहन तथा बस्नका लागि योग्य बन्नुहुन्छ । हेरौं कुन–कुन हुन् त यस्ता शहर ?

डेट्राइट, मिशिगन
श्रमशक्तिको कमीको समस्याबाट पिरोलिएको डेट्राइटका केही ठूला कम्पनीहरुले युवाहरुलाई जागिर मात्र दिइरहेका छैनन्, त्यहाँ रहनका लागि इन्सेटिभहरुको समेत घोषणा गरिरहेका छन् । 

डेट्राइटमा बसोबास गर्ने निर्णयका साथ तपार्ईले जब कुनै घर भाडामा लिनुहुन्छ, तब तपाईंलाई पहिलो वर्ष करिब २ लाख ६० हजार रुपैयाँ घरभाडाबापत सुविधा प्राप्त हुन्छ । यसपछिका प्रत्येक साल घरभाडाबापत तपाईलाई १ लाख रुपैयाँ प्राप्त हुन्छ । यदि यो ठाउँमा तपाई घर खरीद गर्न चाहनुहुन्छ भने १६ लाख रुपैयाँको फरगिगेबल लोन(केही शर्तपछि मिनाहा हुने ऋण)  प्राप्त हुन्छ । यदि  पहिलादेखि नै यहाँ तपाईंको घर छ भने त्यसको मर्मत सम्भारका लागि तपाईलाई ५ लाख रुपैयाँसम्म प्राप्त हुन्छ । 

यी हुन शर्त
डेट्राइटमा यी तमाम सुविधा पाउनका लागि केही शर्तहरु छन् । यदि तपाई ब्लु क्रस ब्लु शिल्ड अफ मिशिगन, कंम्प्युवेयर, डीटीई इनर्जी जस्ता केही छानिएका कम्पनीमा काम गर्नुहुन्छ भने अनि मात्र यो सुविधा पाउनुहुनेछ । यी सुविधाहरु यिनै कम्पनीको तर्फबाट उपलब्ध गराइएको हुन्छ । यस्तो स्किममा अप्लाई गर्नका लागि तथा अन्य जानकारी तपाईले
detroitlivedowntown.org लगइन गरेर लिन सक्नुहुनेछ । 

 

माक्र्वेट तथा लिङ्कन, केञ्जस


यदि तपाई प्रकृतिको नजिकैको शान्त वातावरणमा बस्न रुचाउनुहुन्छ भने केञ्जसको माक्र्वेट तथा लिङ्कन शहर तपाईको छनौट हुनसक्छ । यदि तपाईलाई यी दुवै शहर मन परेनन् भने यहाँको रुरल अपरचुनिटी जोन्स प्रोग्राम(Rural Opportunity Zones)
मार्फत पनि अप्लाई गर्न सक्नुहुन्छ । 

प्रकृतिको काखमा रहेको माक्र्वेट शहरको पश्चिमी क्षेत्रमा एउटा ठूलै शहर बसाउने अभियान थालिएको छ । यो अभियान अन्तर्गत यहाँका निर्माणकर्ताहरुले यहाँ बस्न चाहने मानिसलाई सित्तैमा जमीन उपलब्ध गराइरहेका छन् । उता, लिङ्कन शहरमा चाहि यहाँको नगरपालिकाले निःशुल्क जग्गा दिने गर्छ । 

यी हुन् शर्त
जमीन प्राप्त गरेको एकवर्षपछि त्यहाँ जसरी पनि घर निर्माण गर्नुपर्ने पहिलो र कडा शर्त हुन्छ । निर्माण पूरा भएपछि कमसेकम एकवर्षसम्म सो घरमै बस्नुपर्ने पनि अर्को शर्त छ । यो विषयको अधिक जानकारी तपाईले यो लिंकबाट प्राप्त गर्न सक्नुहुन्छ : 
http://www.freelandks.com/ http://www.lincolnks.org/Housing.html

 

हार्मनी, मिनिसोटा


यहाँ कुनै पनि प्रकारको नागरिकताको बन्धन हुँदैन । न कुनै उमेर त न कुनै कमाईको सीमा नै । मिनिसोटाको हार्मनी शहरमा बस्नु सबैभन्दा धेरै फाइदा हुन्छ । 

आधुनिक सुविधाबाट सुसज्जित दक्षिणी मिनिसोटामा यदि तपाई बस्न चाहनुहुन्छ भने सबैभन्दा पहिला यहाँ आफ्नो घर बनाउनुहोस् । घर निर्माणमा लाग्ने खर्चमा यहाँको सरकारको तर्फबाट करिब ११ लाख रुपैयाँको छुट दिइन्छ । 

यी हुन् शर्त
तर, तपाईंले जब यहाँ घर निर्माण पूरा गर्नुहुन्छ, अनि मात्र सरकारको तर्फबाट दिइने ११ लाख छुट प्राप्त हुन्छ । छुट पाउनका लागि घर निर्माण गर्नुअघि नै आवेदन दिनुपर्ने हुन्छ । यो बिषयमा अधिक जानकारीका लागि यहाँ
http://www.harmony.mn.us क्लिक गर्नुहोस् । 

 

अलास्का


अलास्का राज्यको सरकारले सन् १९७६ देखि नै यहाँ बस्नेहरुलाई परमानेन्ट फण्ड रिजर्ब स्कीममार्फत इन्सेन्टिभ दिंदै आइरहेको छ । यो अलास्काको  तेल बिक्रीबाट आउने रोयल्टी हो, जुन रोयल्टीलाई सबै नागरिकबीच बाँड्ने गरिन्छ । 

यहाँ बस्न पुग्नुभयो भने तपाईले हरेक वर्ष १ लाख ६० हजारसम्म रोयल्टी बापत पाउनुहुन्छ । सामान्य अवस्थामा यो रकम १ लाख २० हजारसम्म घट्न सक्छ । राम्रो रोयल्टी तेल बिक्रीबाट आयो भने रोयल्टी रकम अझ केही बढ्न पनि सक्छ । 

यी हुन् शर्त
तर, यसरी वार्षिक रोयल्टी थाप्नका लागि पहिलो शर्त हो तपाईले यहाँको नागरिक बन्नुपर्छ । अर्को शर्त हो, यहाँ नागरिक भइसकेपछि तपार्ईको अन्य कुनै शहर वा देशमा नागरिकता हुनुहुँदैन । यो बिषयमा अझ बढी जानकारी
http://pfd.alaska.gov/ बाट प्राप्त गर्न सक्नुहुनेछ ।

 

सस्काचेवान, क्यानडा


यदि तपाईं विदेशमा गएर पढ्न चाहनुुहुन्छ भने अमेरिकासँग जोडिएको क्यानडाको सस्काचेवान शहर एक राम्रो विकल्प हुनसक्छ । 

धेरैभन्दा धेरै कलेजका  विद्यार्थीहरुलाई आकर्षित गर्नका लागि यहाँको सरकारले सन् २०१० देखि एक स्कीम चलाएको छ । यहाँका विश्वविद्यालयमा पढ्नेहरुका लागि उसको ट्यूसन फिस रिइम्बर्स गरिन्छ, जुन करिब १६ लाख भन्दा बढीको हुन्छ । 

यी हुन् शर्त
रिइम्बर्समेन्ट पाउनका लागि यो शहरबाट पूर्व स्वीकृति पाएको इन्स्टिच्यूटबाटै तपाईले ग्राजुएसन गरेको हुनुपर्नेछ । यसका साथै तपाई कम्तीमा ६ महिनादेखि यो शहरमा बसोबास गरिरहनुभएको हुनुपर्ने छ । 

यो स्किमको बिषयमा अधिक जानकारी पाउनका लागि www.saskatchewan.caअब मा जानुहोस् ।

 

न्यू हेवन, कनेक्टिकट


कनेक्टिकटको न्यू हेवन शहरमा परिवारसहित बस्नेका लागि यहाँको सरकारले निकै फाइदाजनक स्कीम सुरु गरेको छ । 

यो शहरमा यदि तपाई परिवारको साथमा बस्नुहुन्छ भने तपाईलाई यहाँ करिब ११ लाख रुपैयाँ एसिस्टेन्टसीपको माध्यमबाट प्राप्त हुन्छ । यसको प्रयोग होमलोनको डाउन पेमेन्ट तिर्ने तथा अन्य खर्च उठाउनका लागि गर्न सकिन्छ । आफ्नो घरमा इनर्जी सेभिङ्ग्स अपग्रेड गराउनुभयो भने यसका लागि तपाईलाई ३२ लाख रुपैयाँसम्मको सहयोग प्राप्त हुन्छ । यति मात्र होइन, विद्यार्थीहरुलाई यहाँ फ्री ट्यूसनको सुविधा दिइन्छ । प्रत्येक वर्ष १ लाख ६० हजार रुपैयाँ बराबरको इन्सेन्टिभ समेत यहाँ बसेर पढ्ने विद्यार्थीहरुलाई सरकारको तर्फबाट प्राप्त हुन्छ । 

यी हुन् शर्त
११ लाख रुपैयाँ बराबरको एसिस्टेन्टसीपको सुविधा पाउनका लागि यहाँको सरकारलाई घर निर्माणको योजना बताउनुपर्ने हुन्छ । यही आधारमा निर्णय लिइन्छ । यस्तै फ्री ट्यूसनको  सुविधा पाउनका लागि न्यू हेवनका पब्लिक स्कूलबाटै ग्राजुएसन गरेको विद्यार्थी हुनुपर्नेछ । वर्षेनी १ लाख ६० हजारसम्मको  इन्सेन्टिभ पाउनका लागि नन्–प्रोफिट स्कूलमा मात्र पढ्नुपर्दछ । अधिक जानकारीका लागि
http://renewhavenct.com मा जानुहोस् । 

 

न्यू रिचल्याण्ड, मिनिसोटा


न्यू रिचल्याण्डमा पनि सित्तैमा जग्गा पाइन्छ । यो जमीनमा तपाई आफ्नो घर बनाई सरकारी सुविधा तथा विभिन्न स्कीमको लाभ लिन सक्नुहुन्छ । 

यो ठाउँमा घर बनाउनका लागि करिब २१ लाख रुपैयाँ नेपाली रकम आवश्यकता पर्छ । सरकारको तर्फबाट तपाईलाई ६ लाख ५० हजार रुपैयाँको सहयोग प्राप्त हुन्छ । घर तयार भइसकेपछिका १५  वर्षसम्म सरकारले उपलब्ध  गराएको ६ लाख ५० हजार रुपैयाँको सहयोग  वार्षिक करमा जोडेर असूलिन्छ । 

यी हुन् शर्त
यहाँ पनि जमीन प्राप्त भएको एक वर्षभित्रै घर निर्माण पूरा गरिसक्नुपर्ने हुन्छ । तब मात्र यो स्कीमबाट लाभान्वित बन्न योग्य भइन्छ । अधिक जानकारीका लागि
http://www.cityofnewrichlandmn.com मा भिजिट गर्न सक्नुहुन्छ ।