काठमाण्डौ । लाइफ इन्स्योरेन्स अर्थात जीवन बिमाको मुख्य उद्देश्य हुन्छ, परिवारका लागि कमाउने व्यक्तिको असामयिक मृत्यु भइहालेमा ऊप्रति आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बिमा गर्ने । कमाउने व्यक्तिको असामयिक निधन भइहालेमा परिवारमा आइपर्ने आर्थिक संकटबाट बचाउनका लागि लाइफ इन्स्योरेन्स महत्वपूर्ण मानिन्छ । हाम्रो देशमा समेत जीवन बिमा गराउनेहरु लाखौंको संख्यामा छन् । लाइफ इन्स्योेरेन्ससँग जोडिएका कयौं महत्वपूर्ण बिषय हुन्छन्, जसलाई नजाने ठगिइन सकिन्छ ।
 

लगानी होइन लाइफ इन्स्योरेन्स 
जीवन बिमा दुुई खालको हुन्छ, एक परम्परागत भने अर्को युनिट लिङ्क्ड प्लान(यूलिप) । यूलिप लगानी वा बिमाको मिश्रित प्रोडक्ट हो । त्यसकारण यदि तपाईले बढी भन्दा बढी रिटर्न पाउने एक मात्र उद्देश्य राख्नुुभएको छ भने लाइफ इन्स्योरेन्स प्रोडक्टलाई लगानीको प्रोडक्टको रुपमा बुुझ्नुहुुन्न । 

 

पोलिसीबाट निस्किने कुरा
चाहे परम्परागत बिमा योजना होस् या यूलिप, बिमितहरु कतिपय कारणले जहिले चाह्यो त्यही बेला निस्किन सक्छन् । तर यदि आफ्नो पोलिसी पूरा हुुनलाई केही समय मात्र बाँकी छ भने धैर्य गर्नुपर्छ र अवधि पूरा भएपछि मात्र पोलिसीबाट बाहिरिनुुपर्छ । 

 

ग्यारेण्टीको प्रावधानमा ध्यान
मूलधन वा रिटर्नको प्रतिबद्धता गर्ने यूलिप्सले ग्राहकहरुलाई ग्यारेण्टी गर्नुपर्ने प्रावधान हुनुुपर्छ । यसका लागि कुनै पनि ग्राहकहरुले अतिरिक्त पैसा दिनुुहुन्न । 

 

लामो समयको प्रतिक्षा
यदि तपाई परम्परागत बिमातर्फ ध्यान दिइरहनुुभएको छ भने यसमा तपाईको रिटर्न स्थिर हुन्छ र परिपक्वताको मूल्य तपाईंले सोचेजस्तै हुन्छ । तर यदि यसका लागि तपार्इंले धेरै प्रिमियम भुक्तान गर्नुपर्छ भने पनि यसतर्फ पनि ध्यान दिनुुपर्छ । लामो समयको प्रतिक्षा गर्ने धैर्यता यस्तो प्लानमा हुनुुपर्छ । 

 

मेडिकल टेस्ट
पोलिसी खरीद गर्ने क्रममा इन्स्योरेन्स कम्पनीले यदि तपाईंको मेडिकल जाँचपछि आफ्नो प्रिमियम संसोधन गर्न खोज्छ भने दोश्रो इन्स्योरेन्स कम्पनीमा जानुु उत्तम हुन्छ । यदि त्यसो गर्न सक्नुुभएन भने तपाईले अतिरिक्त प्रिमियमको नाममा बढी भुक्तानी गर्नुुपर्ने हुनसक्छ । 

 

नाबालिग नामको पोलिसी
धेरै मानिस साना बच्चाको नाममा बिमाको पोलिसी खरीद गर्छन । बच्चाले त पैसा कमाउदैन, र नाबालिगको मृत्युुदर पनि निकै कम हुन्छ । यसकारण बच्चाको ठाउँमा परिवारका कुनै कमाउने व्यक्तिको नाममै पोलिसी खरीद गर्नु बढी हितकर हुुन्छ । 

 

सस्तो ठीक हो ?
बिमा पोलिसीको मूल्यलाई हेरेर भ्रमित बन्नुुहुन्न । जुन पोलिसी सस्तो हुन्छ त्यसमा अधिकतम सर्भाइभल लाभ मिल्दैन । त्यसकारण राम्रो पोलिसी खरीद गर्नुमै तपाईको हित हुनेछ । 

 

केही पोलिसी लिनुुहोस्
चाहे परम्परागत लाइफ इन्स्योेरेन्स होस् या यूलिप, एक भन्दा बढी पोलिसी राख्नु निकै महंगो पर्न जान्छ । प्रत्येक पोलिसीमा एजेन्सी(एजेन्ट) कमिसनसहित कयौं प्रकारका गुुप्त खर्चहरु जोडिएका हुुन्छन् । त्यसकारण त्यस्तो पोलिसी मात्र खरीद गर्नुहोस्, जसबाट तपाईको हरेक प्रकारको बिमा आवश्कयता पूरा होस् । 

 

यूवाका लागि जीवन बिमा
यदि तपाई युवा हुनुहुन्छ र लाइफ इन्स्योरेन्स गराउन इच्छुुक हुनुहुन्छ भने आफ्नो खर्च, आम्दानी लगायतको बिषयमा स्पष्ट लेखाजोखा गर्नुपर्छ । मसलन्द खर्चदेखि परिवारको आवश्यकता पूरा गर्नेसम्मको खर्च समेत त्यो सूूचिमा राख्नुुपर्छ । यदि आमाबुुबा आर्थिक रुपमा निर्भर हुनुहुन्छ भने लाइफ इन्स्योरेन्स लिइरहनुु पर्दैन । यसको अलावा बरु भरपर्दो लगानीको योजना बनाउनुुहोस् र राम्रो रिटर्न दिने क्षेत्रमा ढुक्कले लगानी गर्नुहोस् ।