काठमाण्डौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी १३ औं जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड लाग्न थालेको छ। 

यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यस मेलामा सिलाई व्यवसायीहरुको समेत सहभागिता छ ।

पुस ५ देखि सुरु भएको प्रदर्शनीमा स्वदेशी छाला, जुत्ता तथा वस्तु उत्पादकहरु तथा स्वदेशमा रहेका कपडा तथा सिलाई व्यवसायीहरुको सहभागिता छ । प्रदर्शनीमा नेपाली छालाजुत्ता, ज्याकेट, ब्याग, सुट, प्यान्टको स्टल रहेको छ । 

हालसम्म प्रदर्शनीमा करिब ३५ हजारले अवलोकन गरिसकेका छन् । प्रदर्शनीलाई सर्वसाधारणदेखि सभासद, नेपाल सरकारका मन्त्री, उच्चपदस्थ कर्मचारी तथा पूूर्वमन्त्री समेतले अवलोकन गरेका छन् । 

यही क्रममा शुक्रबार मेलाको नेपाली काँगे्रसका महामन्त्री सशांक कोइराला र नेपाल सरकारका परराष्ट्रमन्त्री प्रकाशशरण महतले अभिरुचिपूूर्वक अवलोकन गरेका छन् । 

यो मेलामा कुल १२५ स्टल रहेकोमा कपडा तथा सिलाई व्यवसायीको १५ वटा छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका छन् । 

प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघको सहयोग रहेको छ । प्रदर्शनीको स्वदेशी तथा विदेशी महिला पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एकलाखले अवलोकन गर्ने र करिब २ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ । मेला पुस ११ गतेसम्म संचालन हुनेछ ।