काठमाण्डौ । नेपाल टेलिकमले इन्टरनेशनल टेलिकम्युनिकेसन डेको उपलक्ष्यमा उपलक्ष्यमा जेठ ४ देखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड तथा सिडिएमए प्रिपेड तथा पोष्टपोडका ग्राहकहरुलाई नाइट डाटा प्याकेजको अफर उपलब्ध गराउने भएको छ । 

सो अफर अन्तर्गत रु. ९०।–(कर बाहेक)मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमीटेड डाटा चलाउन सकिनेछ । 

यो सुविधा लिनका लागि nightdata टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्नेछ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार प्रत्येक वर्षको मे १७ का दिन इन्टरनेशनल टेलिकम्युनिकेसन डे मनाइन्छ ।