काठमाण्डौ । झोले दल खोलेर राज्य संयन्त्रमा लुट मच्चाउने र सत्ताको खेलमा करोडौंमा बिकाउ भई राजनीतिक संस्कार नै डामाडोजल बनाउनेहरुको दिन सकिने भएको छ । 

राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाउँदै झोले दलहरुको भविष्य नै समाप्त पार्ने प्रशंसनीय प्रक्रिया सुरु गरेको हो । 

बुधबार (आज) बसेको बैठकले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित समितिमा पठाएको छ । यसको अर्थ अब कुनै पनि दलले राष्ट्रिय दलको मान्यता पाउन समानुुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ र कम्तीमा एक सिट प्रत्यक्षतर्फ जित्नैपर्ने हुन्छ । 

कांग्रेस सांसद आनन्द प्रसाद ढुंगानाको संयोजकत्वमा रहेको उपसमितिको २७ औं बैठकले यो निर्णय गरेको हो । जसमा उपसमितिका नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेकपा मालेका अइन्द्रसुन्दर नेम्वाङले असहमति जनाएका थिए ।