काठमाण्डौ । टाटा मोटर्सले निकट भविष्यमै एउटा यस्तो कार बजारमा ल्याउने तयारी गरेको छ, जुन कारले १ लिटर पेट्रोलमा १ सय किलोमिटरको माइलेज दिनेछ । 

टाटाले आफ्नो यो कारको नाम ‘टाटा मेगा पिक्सेल’ राखेको छ । विश्वकै सबैभन्दा सस्तो कार नानो बजारमा ल्याएपछि टाटा मोटर्सले मेगोपिक्सेलको माध्यमबाट अटो उद्योगमा एउटा अर्को धमाका गर्ने तयारी गरिरहेको हो । 

न्यूज एजेन्सीहरुका अनुसार टाटा मेगापिक्सेलको कन्सेप्ट सन् २०१२ मा पहिलो पटक जेनेभा मोटर शोमा पेश गरिएको थियो । सन् २०१७ को सुरुवातमा टाटा मोटर्सले बजारमा धमाका ल्याउने विश्वास गरिएको मेगा पिक्सेल कारलाई पेश गर्ने स्रोतहरुले दाबी गरेका छन् । मिडिया रिपोर्टका अनुसार यो कारको मूल्य भारतमा भारु ५ देखि ६ लाख रुपैयाँसम्म पर्नसक्छ । यो कारमा ३२५ सीसीको सिंगल पेट्रोल इञ्जिन हुनेछ, जसले १३.५ बिएचपीको पावर जेनेरेट गर्नेछ ।

यो कारमा १३ किलोवाटको लिथियम आयन फस्फेट ब्याट्री लगाइनेछ । कम्पनीको दाबी अनुसार यो ब्याट्री मात्र ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुनसक्छ । यो कारले एक किलोमिटरमा मात्र २२ ग्राम कार्बन उत्र्सजन गर्नेछ । यो कारमा स्लाइडिङ डोर राखिएको छ भने कारमा चार व्यक्ति बस्न मिल्नेछ ।