काठमाण्डौ । पेपर नेपकिन, जसलाई टिस्यू पेपर पनि भनिन्छ । जसको प्रयोग हात वा अनुहार सफा गर्नलाई गरिन्छ । आधुनिकतासँगै पेपर नेपकिनको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । यही कारण यसको व्यवसायले निकै ठूलो आकार समेत लिइरहेको छ । हामी आज तपाईंलाई बताउन गइरहेका छौ कि पेपर नेपकिन बनाउने प्लान्ट कसरी लगाउन सकिन्छ र यो काममा कति खर्च हुन्छ भनेर । हामी तपाईलाई आज एक वर्षमा एउटा पेपर नेपकिन उद्योगबाट कतिसम्म नाफा कमाउन सकिन्छ भन्ने बिषय समेत बताउन गइरहेका छौ । 

यदि तपाई पेपर नेपकिनको प्लान्ट लगाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला १० लाख रुपैयाँ ठीक पार्नुपर्ने हुन्छ । यसका लागि थोरै पैसा आफूले र बाँकी बैंकबाट ऋण लिन पनि सकिन्छ । बैंकले उद्यम गर्न चाहनेलाई सहुलित दरमा ऋण दिने व्यवस्था गरेको छ । यसका लागि केही बैंकहरुको ब्याजदर बुझेर आफूलाई सहज हुने र सस्तो ऋण लिन सकिन्छ र यसको उद्योग सुरु गर्न सकिन्छ । 

कति होला खर्च ?
लगानीको कुरा टुंगो लागेपछि प्लान्टका लागि तपाईले उपयुक्त जग्गा खोज्नुपर्ने हुन्छ । त्यसपछि कलर फ्लेक्सोग्राफिक मेसिन, एक टेस्टिङ इक्वीपमेन्ट,  एज सिलिङ एण्ड कटिङ मेसिन, ह्याण्ड टूल्स खरीद गर्नुपर्ने हुन्छ । यी मेसिन खरीद गर्दा करिब ८ लाख रुपैयाँ खर्च हुन्छ । यसको साथमा तपाईंले सुरुमै एक महिनाको कच्चा पदार्थ खरीद गर्नुपर्ने हुन्छ, जसमा टिस्यू पेपर २१ जिएसएम लगभग १२.५ टन,  मसी तथा अन्य कन्ज्यूमएबल, प्याकेजिङ म्याटेरियल पनि लिनुपर्ने हुन्छ । यसमा लगभग १० लाख रुपैयाँ खर्च हुन्छ । यसको साथमा तपाईंले प्लान्टका लागि ४ अनुभवी कामदार पनि हायर गर्नुपर्ने हुन्छ ।

यसरी हुन्छ उत्पादन


पेपर नेपकिनको उत्पादन प्रक्रिया निकै सरल हुन्छ । तपाईले पहिला टिस्यू पेपर रोललाई फ्लेक्सोग्राफिक मेसिनमा चढाउनुपर्ने हुन्छ । यसपछि मेसिनले अटोमेटिक ढंगले पेपरलाई प्रिन्ट गर्छ र मेसिनमा फिट गरिएको डिभाइसले तपार्ईले चाहेको साइजमा टिस्यू पेपरलाई काटिदिन्छ । 

कति हुन्छ कमाई ?
यो मेसिनबाट तपाईंले एक वर्षमा करिब १ लाख ५० हजार किलोग्रामसम्म पेपर नेपकिन उत्पादन गर्न सक्नुहुन्छ । यस्तो नेपकिन पेपर प्रति किलोग्राम १ सय रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री गर्न सकिन्छ । यसको अर्थ तपाईंले एक वर्षमा १ करोड ५० लाखसम्मको टर्नओभर गर्न सक्नुहुन्छ । यसमा तपाईंले सबै खर्च जोड्नुभयो भने एकवर्षको खूद नाफा पहिलो वर्ष ८ लाख रुपैयाँ हुनेछ । त्यसपछिको वर्षमा प्रत्येक साल तपाईंको कमाई २० लाख भन्दा बढी हुनेछ । 

प्लान्ट लगाएको दोश्रो वर्षदेखि नाफा २० लाख भन्दा बढी हुन थाल्छ । किनभने अघिल्लो सालबाट मेसिनसहित अन्य खर्च कम हुनजान्छ । यसको अर्थ तपाईंले दोश्रो वर्षदेखि मेसिनमा लाग्ने लागत, अफिस फर्निचर, बिजुलीको कनेक्सन, इन्स्टलेसन जस्ता खर्चहरु गर्नुपर्दैन । तपाईंले नाफालाई उत्पादन बढाउनका लागि समेत खर्च गर्न सक्नुहुनेछ ।