काठमाण्डौ । नेपाल टेलिकमको रिचार्ज सिस्टममा आएको गडबडीका कारण रिचार्जमा आएको समस्या समाधान भइसकेको बताइएको छ । 

नेपाल टेलिकमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै शनिवारदेखि कम्पनीको एनटी रिचार्ज सिस्टम अपग्रेड गर्ने क्रममा एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code#  र1412 IVR मार्फत)माा प्राविधिक समस्या उत्पन्न भएको बताएको छ । यही समस्याका कारण यी कोडहरुबाट रिचार्ज हुन नकसी ग्राहक बर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ । ‘यो समयमा ग्राहक वर्गले देखाउनु भएको धैर्यता र कम्पनीप्रति देखाउनु भएको सद्भाव प्रति आभार व्यक्त गर्दछौं ।’-विज्ञप्तिमा भनिएको छ ।  

रिचार्जमा आएको समस्या आइतबार दिउँसो ३ बजेदेखि समाधान भएको र पूर्ववत रुपमा रिचार्ज हुने समेत टेलिकमले प्रष्ट्याएको छ । कम्पनीले भविष्यमा यस प्रकारको समस्या दोहोरिन नदिने प्रतिबद्धता समेत  व्यक्त गरेको छ ।