काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुटका विभिन्न  अफर सार्वजनिक गरेको छ । 

टेलिकमले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न सेवाहरुमा छुटको अफर सार्वजनिक गरेको हो । 

निःशुल्क भ्वाइस र एसएमएस
जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा
अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा रु. ५०।– मा र २५० एमबीको डाटा रु. १००।– मा उपलब्ध गराइने छ । १०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् । 

नाइट डाटा अफर
जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राति १० बजेदेखि बिहान ६ बजेसम्म रु. ४०।– मा ५०० एमबी र रु. ८५।– मा १२०० एमबी डाटा प्रयोग गर्न सकिनेछ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म रहनेछ ।

भ्वाइस कलमा छुट
जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ । सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट रु. १ः३५ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने टेलिकमले बताएको छ । 

एसएमएस अफर
हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क रु. १।– भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ । 

स्थानीय टेलिफोनमा थप १०० कल निःशुल्क
कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा रु. २००।– मा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल रु. २००।– मा थप १०० लोकल कल उपलब्ध गराइनेछ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा १०० कल थप गरी २७५ लोकल गर्न सकिनेछ । 

एडिएसएल, वाइम्याक् सेवामा भ्यालिडिटी थप गर्ने
दशैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोल्यूम बेस्ड तथा अनलिमिटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने टेलिकमले जनाएको छ । वाइम्याक्स तथा एफटिटिएचका ग्राहकहरुको हकमा डेटा भोल्यूम बाँकी भएको, तर  भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिनेछ । सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म  भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ । 

जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा  पिनलेस सिस्टमबाट रु.१००।( र सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनसको रुपमा उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ ।