काठमाण्डौ । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ ।

टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् ।

‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार प्राविधिकले बिटिएस टावरमा प्रविधि थप्नेछन् । आजको नागरिक दैनिकमा खबर छ ।

उनका अनुार काठमाडौँका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको छ ।

पहिलो चरणमा पोखरामा २५ हजार तथा काठमाडौँका ३ लाख ७५ हजारले फोर जी सेवा पाउन सक्नेछन् ।

नेपालमा ४ लाख जनासँग फोरजी सेवा लिन सक्ने मोइबाल रहेको टेलिकमले जनाएको छ ।