काठमाण्डौ । नेपाल टेलिकममा रणनीतिक साझेदार नियुक्ति, कार्यान्वयन लगायत आवश्यक कार्यहरुमा परामर्श दिनका लागि परामर्शदातासँग सम्झौता सम्पन्न भएको छ । 

बोलपत्रमार्फत छनोट भएको परामर्शदाता Analysys Mason Limited UK  सँग २०७३ पुस ५ गते सम्झौता भएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन्   ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र Analysys Mason Limited UK  को तर्फबाट रोहन धमिजाले हस्ताक्षर गरेका थिए ।

उक्त संस्थाले नेपाल टेलिकमको Due Diligence तथा शेयर विनिवेश गर्ने लगायतका रणनीतिक साझेदार भित्र्याउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्न परामर्श दिने बताइएको छ ।