काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारदेखि काठमाण्डौको टोखामा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । योसहित यो बैंकको एक्सटेन्सन काउण्टरको संख्या ४ पुुगेको छ । 

बैंकले सो काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहक वर्गहरुमा अन्य सेवा समेत उपलब्ध गराउने बताइएको छ । 

यसैबीच, बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले आगामी चैत ३१ गते छैठौ साधारणसभा गर्ने र सो सभामा १० प्रतिशतब बोनस सेयर तथा ४० प्रतिशत हकप्रद जारीका लागि स्वीकृति लिने समेत निर्णय गरेको छ । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफ्mा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ । हाल सेञ्चुरी बैंककोे चुतmा पूँजी रु. ३.६८ अर्ब रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । 

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्तिपछि बैंकको शाखा संख्या ९० पुुग्नेछ ।