काठमाण्डौ । गत बर्ष भएको ८ प्रतिशतको वृद्धि पछि चालू बर्षमा पनि सुनको मूल्य उकालो लाग्न थालेको छ ।

सामान्यतः अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य ओरालो लाग्ने प्रवृत्ति छ, तर मंगलबारको कारोबारमा त्यसविपरीत सुनको मूल्य उकालो लागेको खबर आजको कारोबारमा छ ।

खुद्रा सुनको मूल्यमा ०.४ प्रतिशतले बृद्धि भई प्रतिऔंश १ हजार १५६.७५ डलर कायम भएको छ ।

यसैगरी अमेरिकी सुनको मूलयमा पनि ०.५ प्रतिशतले वृद्धि भई १ हजार १५७.२० डलर कायम भएको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।