काठमाण्डौ । तमाम एक्जीट पोलहरुको ठीक विपरीत रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नै हासिल गरेका होइनन् । उनी सम्बद्ध दलले जितका लागि आवश्यक २७०  इलेक्टोरल कलेजमा विजय प्राप्त गरे पनि राष्टपति नै चुनिहालिएको भने होइन । 

राष्ट्रपतिमा  निर्वाचनमा जितको ढोका खुलाउन कुल ५३८ इलेक्टोरल कलेजमध्ये २७० आवश्यक थियो । 

ट्रम्पले जितको ढोका खोले पनि विजय नै प्राप्त गरिसकेका भने होइनन् । अहिले नै ट्रम्पको फाइनल जित मान्न सकिन्न । कारण, अहिले जित हासिल गरेका इलेक्टोरल कलेज डिसेम्बरमा नयाँ राष्ट्रपति चुन्नका लागि मतदानमा उत्रिनेछन् । त्यसलाई मात्र आखिरी फैसला मानिनेछ । जर्ज डब्लू बुस पहिलोपटक राष्ट्रपति बन्दा पपुलर भोटिङमा हारेका थिए, तर इलक्टोरल कलेजको भोटिङमा जिते । 

अहिले  जितको ढोका खोल्न आवश्यक २७०  भोट डोनाल्डलाई प्राप्त भएको छ । ट्रम्पले २७० इक्टोरल कलेजमा जित हासिल गर्दा हिलारीले २१८  ठाउँमा मात्र जित हासिल गरेकी छिन् । 

यही कारण हिलारीले आफ्नो हार स्वीकार गरेकी छिन् र ट्रम्पलाई फोन गरी जितका लागि वधाई समेत दिएकी छिन् । 

ट्रम्पलाई ओहियो, फ्लोरिडा, इडाहो र नर्थ क्यारोलिनामा जित हासिल गरेकी छिन् । यी राज्यहरुमा  तीव्र प्रतिस्पर्धा थियो । हिलारीलाई चाहि क्यालिफोर्निया, हवाई र भर्जिनियामा जित  हात परेको छ । 

जित  निश्चित  भएपछि  डोनाल्ड ट्रम्पले देशबासीलाई सम्बोधन गर्दै हिलारीलाई उनको कडा मेहेनतका लागि बधाई दिएका छन् । यसका साथै उनले आफ्ना बालबच्चा, साथीभाई तथा समर्थकहरुको तारिफ गरेका छन् । 

ट्रम्पले सम्बोधन गरिरहँदा उनका परिवारका सबै सदस्य मञ्चमा उपस्थित  थिए । 
न्यूज एजेन्सीहरुका यो पटकको राष्ट्रपति  निर्वाचनमा अमेरिकामा ४  करोड ४२ लाख मानिसले भोटिङ गरेका  थिए । विज्ञहरुले यसलाई अहिलेसम्मकै ऐतिहासिक भोटिङ भनेका छन्  । 

सन् २०१२ को सुरुवातमा भएको राष्ट्रपति निर्वाचनमा ३ करोड २३ लाख मतदाताको सहभागिता थियो ।