काठमाण्डौ । हामी सबै जीवनमा अधिकांश समय आफ्नो आम्दानी बढाउने बिषयमा सोचिरहेका हुन्छौ । विजिनेश गरिरहनु भएको छ वा नोकरी, दुवैमा आम्दानी बढाउने सोंच तपाईंको पनि हुन्छ । हरेक उपाय वा विकल्प लगाएर तपाईं आम्दानी बढाउन खोजिरहनुभएकै हुन्छ । तर धेरै मानिसलाई आम्दानी बढाउने सही बाटो थाहा नै हुँदैन । के गर्ने, के नगर्ने भन्ने दिविधामा हुन्छन् उनीहरु । सही बाटो थाहा नहुँदा धेरैले आम्दानी बढाउने बिषयमा सफलता समेत प्राप्त गरिरहेका हुँदैनन् । तर केही विशेष टिप्सहरुलाई फलो गर्नुभयो भने तपाईंले सहजै आफ्नो आम्दानीलाई अनपेक्षित रुपमा  बढाउन सक्नुहुन्छ । 

आफ्ना ग्राहकसँग जोडिइरहनुहोस्
यदि तपाईं व्यवसाय गरिरहनुभएको छ भने सधैं आफ्ना ग्राहकहरुको सम्पर्कमा रहिरहनुपर्छ । कुनै चर्चित ब्राण्ड छ भने त ग्राहक नै ती ब्राण्डसँग जोडिएलान्, तर आफैंले आफ्नो विजिनेश सुरु गरिएको छ भने तपार्इंले आफ्नो व्यवसाय र आफूसँग आफ्ना ग्राहकलाई जोडिइराख्नु अत्यन्त आवश्यक छ । यसका लागि हिजोआज तपाईंले इन्टरनेटको साहारा लिन सक्नुहुन्छ । यसका लागि सोसल मिडियामा आफ्ना ग्राहकहरुको लिस्ट तयार गर्नुहोस्, त्यसपछि उनीहरुसँग आफ्नो प्रोडक्ट र विजिनेशलाई हर हमेसा अपडेट गर्ने कोशिशलाई जारी  राख्नुहोस् । ग्राहकहरुलाई यो अनुभूत गराउन आवश्यक छ कि तपाईं उनीहरुलाई उत्तम सेवा दिने हर कोशिश गरिरहनुभएको छ । 

बजारमा आउने नयाँ ब्राण्डसँग जोडिइनुहोस्
यदि तपाई नयाँ व्यवसाय सुरु गर्न गइरहनुभएको छ भने यो आवश्यक हुन्न कि तपाईंले चर्चित ब्राण्डसँग नै विजिनेश गर्नुपर्छ । बजारमा यस्तै खालका कुन चाहि नयाँ ब्राण्ड आउनेवाला छ भन्ने कुरा पत्ता लगाउनुपर्छ, यस्तो बिषयमा सजग भइयो भने नयाँ ब्राण्डसँग जोडिएर तपाईंले आफ्नो विजिनेश सुरु गर्न सक्नुहुन्छ, यसो गर्दा सहज पनि हुन्छ । नयाँ ब्राण्डसँग जोडिइनु चर्चित ब्राण्डको तुलनामा निकै सहज र सजिलो पनि  हुन्छ । यसमा तपाईंको लगानी तथा खर्च पनि निकै कम हुन्छ । 

हरेक अफर स्वीकार्नबाट बच्नुहोस्
पैसा कमाउने नशामा हरेक खालका मौकाको उपयोग गर्नु उपयुक्त हुन्न । यसका लागि तपाईंले कतिपय अवसर वा अफरहरुलाई अस्वीकार गर्ने बानी समेत विकास गर्नुपर्ने हुन्छ । कारण, सबै अवसर तपाईंका लागि राम्रो नहुन पनि सक्छ । विजिनेश सुरु गर्ने क्रममा वा बीचमा यदि तपाईलाई कसैले पैसाको अफर गर्छ भने उसले यस्तो अफर किन गरिरहेको छ भन्ने कुरा पहिला बुझ्नुपर्छ । यदि तपाईंलाई लाग्छ कि उसको स्वार्थ तपाई पूरा गर्न सक्नुहुन्न, त्यस्तो अवस्थामा यस्ता अफरलाई सोझै अस्वीकार गरिदिनुपर्छ । आफ्नो स्वविवेक प्रयोग गरी अफरहरुलाई स्वीकार्ने वा नकार्ने बिषयमा निर्णय लिनुपर्छ । हतारमा सबै अफरमा स्वीकृति दिने गल्ती कहिल्यै नगर्नुहोस् । 

खर्चमा लगाउनुहोस् नजर
यदि चाँडो भन्दा चाँडो तपाई आफ्नो व्यापारबाट तीन गुणाले आम्दानी बढाउन चाहनुहुन्छ भने दैनिक वा मासिक खर्चमा समेत सधैं नजर लगाइराख्नुपर्छ । आम्दानीको तुलनामा खर्चको अनुपात समेत हेर्नुपर्दछ । खर्चलाई सधैं नियन्त्रणमा राख्नुपर्छ । ध्यान राख्नुहोस्, कुनै अनावश्यक काममा पैसा खर्च  नहोस् । आम्दानीको हिसाबबाट नै खर्चको अनुपातलाई सधैं सन्तुलनमा राख्नुपर्छ । 

विज्ञलाई फलो गर्नुहोस्
आम मानिससँग संगत गर्दा, उठबस गर्दा तपाईंको बैंक अकाउण्टमा कुनै अन्तर परिरहेको हुन्न । यदि तपाईं आफ्नो आम्दानी बढाउन चाहनुहुन्छ भने आफ्नो विजिनेशसँग जोडिएका अनुभवी व्यक्ति र विज्ञहरुसँगको उठबसलाई पनि बढाउनुपर्छ । आफ्नो फिल्डका विज्ञ तथा विशेषज्ञहरुलाई समेत भेट्ने क्रम सुरु गर्नुपर्छ । त्यस्ता सफल व्यक्तिहरुले सफलता पाउनका लागि के के गरेका रहेछन् भन्ने कुरा पनि जान्न र बुझ्न आवश्यक हुन्छ । 

प्रविधिको भरपूर प्रयोग
आजको समयमा धेरै विजिनेशहरु प्रविधि निर्भर हुन्छ । प्रविधिको राम्रो प्रयोग गर्न नजान्नेले विजिनेशमा प्रगति गर्न सक्दैन । विजिनेश बढाउनका लागि अहिलेको युगमा इन्टरनेट र सोसल मिडियाको भरपूर प्रयोग उत्तम हुन्छ । यस्ता ठाउँबाट आफ्नो व्यवसायको सञ्जाल बढाउन समेत मद्धत मिल्नेछ भने अनलाइनबाट आफ्नो व्यवसाय तथा प्रोडक्टको राम्रोसँगले प्रचारप्रसार पनि गर्न सकिन्छ । यसबाट तपाईंको विजिनेश धेरै भन्दा धेरै मानिससम्म पुग्नसक्छ । 

आफ्नो बजार मूल्य तय गर्नुहोस्
हामी सबैको बजार मूल्य(मार्केट  भ्यालू) हुन्छ । जसरी ब्याज तथा सब्जीको भाउ घट्दै बढ्दै गर्छ, उसैगरी हाम्रो भ्यालू पनि घटबढ भइरहन्छ । तपाईंका प्रतिस्पर्धीले कति कमाइरहेका छन्, तपाईंले पनि आफूलाई त्यहाँसम्म पुर्याउनुपर्ने छ र आफ्ना प्रतिस्पर्धीलाई समेत उछिनेर अगाडि बढ्नुपर्नेछ । यसको अर्थ, तपाईंले कतिपय कमाउनुपर्छ भन्ने कुराका लागि आफ्नो प्रतिस्पर्धीले कति कमाइरहेको छ भन्ने कुरा पत्ता लगाउनुहोस् र त्यसभन्दा अगाडि बढ्ने लक्ष्य बनाउनुहोस् ।