काठमाण्डौ । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर सम्मानित भएका छन् । 
 

बैशाखमा गएको महाभूकम्पमा हेभी इक्विपमेन्ट(डोजर, क्रेन, स्काभेटरलगायत) का सामान तत्काल उपलव्ध गराई भूकम्पपीडित नागरिकको उद्धारमा जुटेबापत उनलाई नेपाल निर्माण व्यवसायी महासंघले सम्मान गरेको हो । 
 

महाभूकम्पपश्चात आफैं डोजर चलाएर उद्धारमा खटिएको कदरस्वरुप देशभरका निर्माण व्यवसायीहरुको तर्फबाट उनलाई सम्मान गरिएको बताइएको छ ।