काठमाण्डौ । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्त बित्तीय संस्था लिमीटेडलाई धितोपत्र बोर्डले प्राथमिक सेयरको निश्कासनको अनुमति दिएको छ । 

यो कम्पनीलाई धितोपत्र बोर्डले १ सय रुपैयाँ अंकित मूल्यको ३ लाख कित्ता सेयर सर्वसाधारणका लागि आइपीओ गर्न स्वीकृति दिएको हो । 

स्वदेशी लघुवित्तको आइपीओ  निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

यो माइक्रो फाइनान्स संस्थाले सन् २०१४ डिसेम्बर २४ देखि आफ्नो सेवा सुरु गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ, जहाँ सतप्रतिशत लगानी प्रोमोटर सेयरधनीको मात्र छ । आइपीओपछि चुक्तापुँजी १० करोड पुुग्ने र सर्वसाधारण सेयरधनीको सेयर हिस्सा ३० प्रतिशत भई संस्थापकको ७० प्रतिशतमा घट्नेछ । यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ३५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।