काठमाण्डौ । अभिभावक आफ्नो बच्चाको करिअर बनाउन लाखौं रुपैयाँ खर्च गर्न तयार हुन्छन् । उनीहरुको एउटै उद्देश्य हुन्छ आफ्नो बच्चा ठूलो भएपछि ज्ञानी, सफल होस् र धेरै धनसम्पत्ति र इज्जत कमाओस् । तर हामी तपाईंलाई यस्तो बच्चाको बिषयमा बताउन गइरहेका छौ, जसले केही वर्षको अन्तरालमा आफ्ना अभिभावकलाई करोडपति बनाइदिए । अचम्म यो छ कि यी तीन बच्चाको उमेर क्रमशः ५ महिना, ३ वर्ष र ५ वर्ष रहेको छ । आउनुहोस्, जानौ यिनीहरुले यति सानो उमेरमै के कारणले यति धेरै रकम कमाए होलान् ?

चिनियाँ नागरिक मार्क र पत्नी रेहा एक जब कन्सल्टेन्सीमा काम गर्छन् । उनीहरुका तीन बच्चा छन् । एकदिन मार्क आफ्नी ३ वर्षकी छोरी मायाको साथमा घरमै खेलौनाको साथमा खेलिरहेका थिए । मार्कले खेलौनामा निकै मज्जाले खेलिरहेकी आफ्नी बच्चीको भिडियो बनाएर यूट्यूबमा हालिदिए । मायाको यो भिडियो यूट्यूबमा एकाएक हिट भइदियो । यहीबाट मार्कको मनमा आइडियो फूर्यो र यही कामलाई व्यवसायिक रुपमा सुरु गर्ने योजनाका साथ उनले कामको सुरुवात गरे । 

आफ्नो बच्चीको भिडियो धेरै नै हिट भएको देखेपछि मार्क र पत्नी रेहा दुवैले जागिर छाड्ने फैसला गरे र यही कामलाई फूलटाइम सुरु गरे । मार्क र रेहाका तीन बच्चा छन् । एक ३ वर्षकी बच्ची, अर्का ५ वर्षका बच्चा र अर्का चाहि मात्र ५ महिनाका नाबालक । रेहाले समेत आफ्ना पतिलाई तीनवटै बच्चाको अलग अलग भिडियो बनाउन सल्लाह दिइन् । रेहाको यो प्रयोग पनि निकै सफल भयो । यी बच्चाको भिडियोले यूट्यूबमा तहल्का नै मच्चाइदियो । 

मार्ककी ३ वर्षकी बच्ची मायाले खेलौनासँग खेलिरहेको भिडियो यूट्यूबमा निकै नै हिट भइसकेको छ । अहिले समेत यो भिडियोलाई हरेक दिन विश्वभरिका करिब ३० लाख मानिसले हेर्ने गर्छन् । मार्कलाई यो बापत यूट्यूबबाट करोडौं रुपैयाँको कमाई हुन्छ । तीन बर्षकी बच्ची मायाको भिडियो यूट्यूबमा  ‘हुलयान माया’को नामले हिट छ । मायाको सबैभन्दा चर्चित भिडियो सन् २०१३ मा आएको थियो । जुन भिडियो करिब डेढ करोड मानिसले हेरेका थिए । 

यूट्यूबमा माया मात्र होइन, उनका ५ वर्षका दाजुको भिडियो पनि निकै चर्चित बनेको छ । यो भिडियोमा चाहि मायाका दाई डायनोसरको खेलौनासँग खेलिरहेको देख्न सकिन्छ । यो भिडियोलाई पनि हालसम्म करिब १० लाखले हेरिसकेका छन् । 

दुवै भाईबहिनीको भिडियो हिट हुँदा आमाबुबालाई यूट्यूबको तर्फबाट हालसम्म  १० करोड रुपैयाँ रकम प्राप्त भइसकेको छ । मायाको पितालाई आशा छ कि यो वर्ष यो कामबाट उनले करिब १३ करोड रुपैयाँ कमाई गर्नेछन् । अमेरिकाको चर्चित भिडियो च्यानल ट्यूब फिल्टरका अनुसार तीन वर्षकी यी बच्चीको भिडियो अमेरिकामा धेरै हेरिएको भिडियोको ४२ औं सूचिमा छ । धेरै अभिभावकको यो भनाई छ कि यी भिडियो हेरेर उनीहरुका बच्चा खुशी हुन्छन् । 
बिजशाला / एजेन्सी