काठमाण्डौ । भारतका ठूला शहरमा बढ्दो बायुु प्रदूूषण कुन रुपमा भयावह बन्दै गएको छ भन्ने एक तथ्यांकले देखाएको छ । 

टाइम्स अफ इण्डियाले बितेको ३० वर्षको दौरानमा भारतको मुख्य २ शहर दिल्ली र मुम्बईमा वायुु प्रदूूषणले ८१ हजार व्यक्तिको ज्यान गइसकेको एक सर्वेक्षण सार्वजनिक गर्दै समाचार प्रकाशन गरेको हो ।

यो तथ्यांक सन् २०१५ र त्यसअघिको हो । सन् १९९५ को तुलनामा बायुु प्रदूूषणबाट ज्यान गुमाउनेको तथ्यांक २ गुणाले बढेको समेत रिपोर्टमा उल्लेख छ । आइआइटी मुम्बई नामको एक प्रतिष्ठित संस्थाले गरेको खोजको क्रममा यस्तो भयावह अवस्था पत्ता लागेको हो । 

आर्थिक दृष्टिकोणबाट हेर्दा वायुु प्रदूूषणका कारण दिल्ली र मुम्बईले मात्र ७० हजार करोड नोक्सानी व्यहोरेका छन् । यो नोक्सानी देशको कुल जीडीपीको ०.७१ प्रतिशत हो ।