काठमाण्डौ ।विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक तथा नयाँ शक्ति नेपालका नेता ऋषिदेव भट्टराईलाई बुधवार २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले २० लाख लिएर उनलाई रिहा गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको  आजको कारोबार दैनिकमा खबर छ ।

अख्तियारले भट्टराईले एक करोड ९१ लाख ३६ हजार ८८१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको जनाएको थियो ।