काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन दुई चरणमा गराउँदा मतपत्र, परिचयपत्र र मतदाता नामावली अहिलेकै प्रयोग गर्नुपर्ने बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार भएको छलफलमा आयोगका पदाधिकारीले यस्तो सर्त राखेका हुन् । 

आयोगका अधिकारीले दास्रो चरणको निर्वाचनमा पनि अहिले छापेकै मतपत्र, मतदाता नामावली र मतदाता परिचयपत्र प्रयोगमा ल्याउनुपर्ने बताएका थिए । यो खबर आजको नागरिकमा छापिएको छ ।