काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन मिति घोषणाको अडान लिएपछि राजनीतिक गतिरोध फुकाउन मंगलबार भएको त्रिपक्षिय बैठकमा चकाचर्की भएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संविधानमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी बैठकमा स्थानिय निर्वाचनबारे विवाद भएको हो । 

बैठकमा नेता देउवाले जति प्रयास गर्दा पनि एमाले सहमतिमा नआएकाले तत्काल स्थानिय मिति घोषणा गर्नुपर्ने अड्डी लिएका थिए । त्यसमा मोर्चाले असहमती जनाएको थियो ।

२०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । संविधानअनुसार चैत बैशाखसम्म स्थानिय निकाय गरिसक्नुपर्ने देउवाले बताएका थिए । विगतमा हुने छलफलम भन्दा कडा ढंगले प्रस्तुत भएका देउवाले पटक पटक निर्वाचन मिति घोषणामा सहमत हुन सहभागी दललाई आग्रह गरेका खबर आजको नागरिक दैनिकमा छ ।

‘देउवाजीले मंगलबारको बैठकमा स्थानिय निकाय निर्वाचको मिति घोषणामा सहमत हुन आग्रह र धम्की दिइरहनुभयो’ बैठकमा सहभागी एक नेताले भने । देउवाले पहिले स्थानिय निकाय निर्वाचन गर्नुपर्ने निर्णय कांग्रेसले गरिसकेको जानकारी गराउँदै चुनाव हुन नसके आफू र आफ्नो पार्टीले थेग्न नसक्ने भन्दै मोर्चा र सत्ता साझेदार माओवादी नेतालाई घुमाउरो पाराले धम्की दिएका थिए ।