काठमाण्डौ । चीनको पूर्वी क्षेत्रमा बसोबास गर्ने एक आठ वर्षीय बालक हिजोआज सेलिब्रेटी झै चर्चाको शिखरमा छन् ।

यी बालक यसरी चर्चामा आउनुको कारण उनको अनुहार हो । उनको अनुहार चीनकै सबैभन्दा धनी व्यक्तिसँग मिलेपछि उनी रातारात सेलिब्रेटी झै चर्चित बनिरहेका छन् । 

आठ वर्षका यी बालकको नाम फूू श्या किन हो र यिनको अनुहार चिनका सबैभन्दा धनीमध्येका एक ‘ज्याक मा’सँग ठ्याक्कै मिल्छ । ज्याक मा तिनै व्यक्ति हुन्, जसले चीनमा इकमर्स कम्पनी अलीबाबाको स्थापना गरेका थिए । 

चीनको सामाजिक सञ्जालमा फैलिएको खबर अनुसार माले आठ वर्षीय फूू श्या किनको सबै पढाई खर्च व्यहोर्ने भएका छन् । 

तर ती हल्लाहरुको बिषयमा अलिबाबा कम्पनीले प्रष्ट पार्दै भनेको छ–‘मिनी ज्याक मा को बिषयमा आएका सबै खबरहरुको बिषयलाई जोकको रुपमा लिनुपर्छ । एक बच्चाको पढाईमा खर्च गर्नु सामान्य कुरा हो, तर लाखौ गरीब बच्चाहरुको मद्धतका लागि निकै ठूलो संसाधनको जरुरत पर्छ ।’ 

फू श्या किनको परिवार जियाङ्सी प्रान्तमा बसोबास गर्छ, जुन क्षेत्रमा गरीबहरुको बस्ती रहेको छ । 

फू श्या किनको पिता फू जियाफा काको एउटा खुट्टा छैन र उनी सरकारबाट प्राप्त सहयोगबाट जीवन चलाइरहेका छन् । फूू की आमा पनि पोलियोबाट ग्रस्त छिन् । 

ज्याक मा जस्तै देखिएका कारण फूू लाई फिल्म र विज्ञापनमा खेल्नका लागि निकै अफर आएका बीबीसी हिन्दीले जनाएको छ ।

फूूका पिता जियाफाले भनेका छन्–‘मेरो छोरा चीनकै धनी मा जस्तै देखिनु राम्रो कुरा हो । तर मेरो छोरा अहिले नै फिल्ममा खेलेर पैसा कमाउन थालोस् भन्ने म चाहन्न । मेरो विचारमा उसका लागि अहिले उचित शिक्षा नै अहम् हो जसले जीवनलाई सफल बनाइदिन्छ ।’