काठमाण्डौ । धितोपत्र बोर्डमा जागिर खाने सोंचमा हुनुहुन्छ ? व्यवस्थापन, अर्थशास्त्र, कानूनमा शैक्षिक डिग्री हासिल गर्नुभएको छ भने तपाईको यो सपना साकार गर्ने बेला आएको छ । नेपाल धितोपत्र बोर्डले यिनै बिषयसँग सम्बन्धित १४ जना जनशक्तिलाई स्थायी जागिरका लागि अफर सार्वजनिक गरेको छ । 

बोर्डले पुस २९ गते आवश्यकता सम्बन्धी सूचना प्रकाशित गर्दै ५ पदमा १४ जनाका लागि जागिरको अवसर खुलाएको हो । 

सबैभन्दा धेरै प्रशासन सेवातर्फ तृतीय श्रेणीको अधिकृतका लागि ४ जना र प्रशासन सेवातर्फकै सहायक प्रथम श्रेणीका लागि ५ जना जनशक्ति मागिएको छ । 

बोर्डले लेखा समूहतर्फ तृतीय श्रेणीको एक अधिकृत, कानून सेवातर्फ तृतीय श्रेणीकै २ र सूचना प्रविधितर्फ तृतीय श्रेणीकै २ अधिकृत मागेको हो । 

दरखास्त आह्वान गरिएका सबै पदका आवश्यक शैक्षिक योग्यता, उमेरको हद, परीक्षा दस्तुुर तथा अन्य शर्त यस अनुसार छन्  :

इच्छुकले माघ २९ गतेसम्म आवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । दरखास्त फारम बोर्डको कार्यालय, जावलाखेल(ललितपुर)बाट पाउन सकिनेछ ।