काठमाण्डौ । मोबाइल सेग्मेन्टमा अग्रणी कम्पनी आइएमएस ग्रुपले आइएमएस मोटर्स्मार्फत कोरियाको प्रिमियम लक्जरी क्ग्ख् उत्पादन गर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको एक्सक्लूसिभ सोरुम काठमाण्डौका नक्सालमा स्थापना गरेको छ । 

आइतबार एक कार्यक्रमका बीच आइएमएस मोटर्स एक्सक्लूूसिभ सोरुमको रिपब्लिक अफ कोरियाका राजदूत चो यंग–जिनले उद्घाटन गरे । उनलाई आइएमएस ग्रुुपका अध्यक्ष दीपक मल्होत्रा र प्रेसिडेन्ट तथा सीइओ दिकेश मल्होत्राले सहयोग गरेका थिए । 

सोरुम उद्घाटनको अवसरमा क्रिस्टमस तथा नयाँ वर्ष २०१७ को उपलक्ष्यमा कम्पनीले आइएमएस मोटर्स् मार्पmत साङयङका गाडीहरुको खरिदमा रु. ५ लाखसम्मको नगद छुट दिइने घोषणा गरेको छ । छुटको यो अफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

आइएमएस मोटर्स्को शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेससहित अवस्थित छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पुर्याउन तालिमप्राप्त स्टाफहरु तथा अन्य गुणस्तरीय सेवाको उपलब्धता रहेको बताइएको छ । 

यसैगरी, आइएमएस मोटर्स्ले निकट भविष्यमै नेपालका मुख्य शहरहरुमा डिलरहरु बिस्तार गर्ने याजना बनाएको बताइएको छ । कम्पनीले एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टरको पनि सुरुवात गर्ने बताइएको छ । 

साङयङ मोटर कम्पनी चौथो सबैभन्दा ठूलो दक्षिण–एशियाली अटोमोबाइल उत्पादक कम्पनी हो, जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक–अप ट्रक, भ्यान, ट्रक तथा बसहरु उत्पादन गर्दै आइरहेको छ ।