काठमाण्डौ । कार कम्पनीहरुले कैयन नयाँ मोडलहरु जारी वर्ष सन् २०१६ मा लञ्च गरी आफ्नो बिक्रीलाई नयाँ उचाईमा पुर्याइसकेका छन् । अंग्रेजी वर्षको अन्तिम महिनामा समेत कतिपय कम्पनीहरु भने आफ्ना प्रिमियम मोडललाई लञ्च गर्ने तयारीमा जुटेका छन् । ती कम्पनीहरुमा निशान, भोल्भो र फक्सवेगन लगायत छन् । यी कम्पनीहरुले क्रिस्टमस भन्दाअघि आफ्ना नयाँ उत्पादनहरुलाई बजारमा ल्याउन खोजिरहेका मिडियाहरुले जनाएका छन् । भारतमा लञ्च भएको कार केही सातामै नेपाली बजारमा समेत आउने भएकोले कारका पारखीहरुले नयाँ र आरामदायी कारका लागि पैसा जोहो गर्दै गरे हुन्छ । 

निशानको जिटी आर
जापानको कार कम्पनी निशानले आफ्नो नयाँ मोडल जीटी आरलाई लञ्च गर्न गइरहेको छ । ‘निशान जिटी आर’ ग्लोबल मार्केटमा डिसेम्बर २ मा लञ्च हुनेछ । निशानको जिटीआरको प्रिबुकिङ भारत, नेपाल लगायतको बजारमा सुरु भइसकेको छ ।
के छ विशेषता ?
इञ्जिन :३.८ लिटर ट्वीन टर्बो बी ६
पावर : ५६५ बिएचपी
टर्क : ६३३ एनएम
३ सेकेण्डमा ०–१०० केएमपिएच

भोल्भो एक्ससी ९० आर डिजाइन
भोल्भोले यसअघि नै ७ सिटे एक्ससी ९० एसयूूभीको दुुई भेरिएन्ट्स बजारमा ल्याइसकेको छ । आर डिजाइन चाहि यसको स्पोर्टी लुक्स हो । यसमा स्पोर्टस सिटको साथमा लेदर, ब्ल्याक हेडलाइनिङ, ब्ल्याक फ्रन्ट ग्रिल तथा सिल्भर विङ मिरर जस्ता फिचर्सहरुलाई थपिएको छ । 
के छ विशेषता ?
इञ्जिन : १९६९ सीसी
पावर : २२५ बिएचपी
टर्क : ६४० एनएम
टप स्पीड : २३० केएमपिएच

भोल्भो भी ४० फेसलिस्ट
जारी वर्षको सुरुवातमै भोल्भो ले भी ४० फेसलिस्ट लञ्च गर्ने घोषणा गरेको थियो । यसको हेडल्याम्प र अन्य केही चिजहरु परिवर्तन गरिएको छ । यसमा भोल्भो इन्फोन्टमेन्ट सिस्टम पनि लगाइएको छ । यो कारलाई पनि डिसेम्बरमै लञ्च गर्न सकिने संभावना छ । 
के छ विशेषता ?
इञ्जिन : १५९६ सीसी
पावर : १८० बिएचपी
टर्क : २४० एनएम
टप स्पीड : २१० केएमपिएच

निशान एक्स ट्रेल हाइब्रिड
निशानले आफ्नो एक्स ट्रेल हाइब्रिड कारलाई समेत डिसेम्बरमै लञ्च गर्ने तयारीमा जुटेको छ । यो कारणलाई यसअघि विभिन्न देशमा आयोजित अटो एक्स्पोमा प्रदर्शन गरिसकिएको छ । त्यसलाई अपडेटेड डिजाइन तथा नयाँ विशेषताको साथमा बजारमा ल्याउन लागिएको हो । यसको मूल्य भने भारतमै ३५ लाख भारुसम्म पर्नसक्ने अनुमान गरिएको छ ।