काठमाण्डौ । यदि तपाईं फ्रि टकटाइम वा डाटाको खोजीमा हुनुहुन्छ भने कयौं एपहरुको प्रयोगबाट यो संभव हुनसक्छ । यसका लागि तपाईंले मात्र सो एपले सोधेको प्रश्नको जवाफ दिनुपर्छ र उसको विज्ञापन हेर्ने काम गरिदिनुपर्छ । 

विशेष गरी कलेजमा पढ्ने विद्यार्थीहरु प्राय फ्रि डाटा वा कल गर्ने मौकाको खोजीमा हुन्छन्, तिनीहरुका लागि केही एपहरु निकै ठूलो सहयोगी बन्न सक्छन् । 

केही यस्ता वेबसाइट र एपहरु छन्, जसले आफ्नो विज्ञापन हेर्न र सुन्न तयारहरुलाई निःशुल्क डाटा र कलको सुविधा दिनसक्छन् । 

तपाईंले यी वेबसाइट र एपमा विज्ञापन हेर्नु र सुन्नुपर्छ र त्यहाँ सोधिएका प्रश्नहरुको जवाफ दिनुपर्ने हुन्छ । 

तर ध्यान राख्नुहोस्, यस्ता वेबसाइट र एप प्रयोग गर्दा तपाईंलाई धेरै पैसा चाहि आउदैन, तर तपाईंलाई आवश्यक डाटा र कल गर्न लायक पैसा चाहि अवश्य आउनेछ । 

हिजोआजका मानिस अधिकांश समय स्मार्टफोनको साथमा बिताउन चाहिरहेका हुन्छन्, यहीकारण समेत यस्ता कम्पनीहरु त्यस्ता व्यक्तिहरुसम्म पुग्ने अनेक बाटो खोजिरहेका छन् र यही क्रममा डाटा वा कलमा यस्तो अफर दिइरहेका हुन् । यस्ता वेबसाइट र एपबाट कलेजका विद्यार्थी र भर्खरै जागिर सुरु गरेकाहरुले बढी फाइदा लिने गरेका छन् । 

गिगाटो
निःशुल्क डाटा र कलको खोजीमा लाग्ने व्यक्तिहरुको बीचमा गिगाटो निकै समयअघिदेखि चिरपरिचत नाम हो । यसलाई डाउनलोड गर्नुहोस् र त्यहाँबाट तपाईंले निकै धेरै यस्ता अवसरहरु प्राप्त गर्नसक्नुहुनेछ । डाउनलोड गरेपछि गिगाटोलाई आफ्नो दोश्रो एप चेक गर्ने इजाजत चाहि दिनुपर्ने हुन्छ । 

गिगाटोसँग काम गर्ने कम्पनीसँग तपाईंले जुन डाटा  प्रयोग गर्नुहुन्छ, यसमा एक हिस्सा तपाईंको नाममा पनि हुन्छ र त्यो तपाईंले निःशुल्क पाउनुहुन्छ । 

गिगाटो एक डाटा वालेट हो, जहाँ तपाईंको प्रिपेड मोवाइलको डाटाको सीमाको बिषयमा पूर्ण जानकारी राखिएको हुन्छ । 

यदि तपाईंले यो एपलाई डाउनलोड गर्नुभयो भने डाटाको मात्र होइन, तपाईंले निःशुल्क कलको सेवा समेत प्राप्त गर्नसक्नुहुनेछ । तपार्इं आफ्ना साथीभाईंलाई यो एप डाउनलोड गर्न प्रोत्साहित गर्नुहुन्छ भने यसबाट समेत तपाईंलाई केही मिनेट कलको सुविधा बोनसको रुपमा प्राप्त हुन्छ । यदि तपाईंका कुनै साथीले यो एप डाउनलोड गरेनन् भने चाहि तपाईंलाई निःशुल्क कलको सुविधा प्राप्त नहुन पनि सक्छ । 

पेट्यून्स
पेट्यून्समा यदि तपाई हरेक दिन कमसेकम  तीनवटा कलको जवाफ दिन तयार हुनुहुन्छ भने तपाईंलाई एपमार्फत एक रुपैयाँ प्राप्त हुन्छ । यदि दिनभरका लागि तपाई १५ कलका लागि तयार बन्नुभयो भने तपाईंलाई यसबाट महिनामा १५० रुपैयाँ प्राप्त हुन्छ । यो रकमबाट महिनाभरि प्रयोग गर्ने डाटाको केही खर्च प्राप्त हुन्छ । 

४५ सेकेण्ड लामो विज्ञापन हेर्दा र केही प्रश्नहरुको जवाफ दिंदा यदि तपाईंलाई आठ रुपैयाँ प्राप्त हुन्छ भने के तपाईं माई ऐड्स डाउनलोड गर्न चाहनुहुन्न ? यदि यो शर्त मञ्जुर छ भने तपाईंले अन्य कुनै अर्को एप डाउनलोड गर्नै पर्दैन । 

कम्पनी आफ्नो विज्ञापनको बारेमा यो कुरा जान्न चाहन्छ कि तपाईंलाई सो विज्ञापन किन मन पर्यो वा सो विज्ञापनको कुन चाहि पक्ष किन मन परेन ? यो माध्यमबाट कम्पनीले मार्केट रिसर्च गर्छ र यसैका लागि तपाईंले कम्पनीले सोधेको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ ।