काठमाण्डौ । नेपाल आयल निगममा एक जना कानुन नमान्ने, विधि नमान्ने र आफूलाई कानुन भन्दा माथि राख्ने व्यक्ति कार्यरत छन् । ती व्यक्ति हुन प्रमुख गोपालबहादुर खड्का ।

स्वचालित मूल्यको हवाला दिदै खड्काले अघिल्लो महिना पेट्रोलियम पदार्थको मूल्य बढाए । सरकारले मूल्य घटाउन पटक पटक निर्देशन दियो । 

व्यवस्थापिका–संसद्को उपभोक्ता हित तथा वाणिज्य समितिले समेत मूल्य घटाउन आग्रह ग¥यो र दुई पटक निर्देशन दियो । तर खड्काले कुनै पनि निर्देशनलाई मानेनन र टेरेनन् पनि ।

पछिल्लो पटक पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत बन्न काँग्रेस, एमाले र माओवादीका नेताको घर चोटा समेत चहार्न भ्याए । तर सो पदमा काँग्रेस कार्यकर्ता गोविन्दराज पोखरेललाई नियुक्त गरेपछि खड्का त्यसको रिस फेर्न पेट्रोलियम पदार्थको मूल्य बढाउन लागिपरेको बताइन्छ ।

कानुन भन्दा माथि रहेका र कोही कसैले भनेको समेत नमान्ने खड्काले पछिल्लो दिनमा विदेशमा नै तेलको भाउ बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेका छन् । उनले आफू निकटका पम्पलाई सक्दो भण्डारण गर्न समेत भनेको बताइन्छ । डिजल, मट्टीतेल र पेट्रोलमा कम्तीमा पनि सात रुपैया मूल्य बढाउने तयारी खड्काले गरेका छन् । यो खबर आजको जनआह्वान साप्ताहिकमा छापिएको छ ।