काठमाण्डौ । नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीयाँ नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ।  

नेपालस्थित चिनीयाँ दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परे पनि सतर्कता अपनाउन आग्रह गरेको छ । 

चिनीयाँ विदेश मन्त्रालयले नेपाल-भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।