काठमाण्डौ । नेपाल प्रहरीले जनपदतर्फको प्रहरी निरीक्षक पदमा ८६ जनाका लागि जागिरको अवसर खुलाएको छ । 

खुल्ला प्रतियोगितादारा पदपूर्ति गर्ने भन्दै बुधबार प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले नयाँ भर्न सम्बन्धी सूचना प्रकाशन गरेको हो । 

इन्स्पेक्टर(प्रहरी निरीक्षक)मा खुल्लातफृ ४६ जना, अमर वा अशक्त प्रहरी परिवारतर्फ २ जना, आदिवासी जनजातितर्फ १२ जना, मधेशीतर्फ १० जना, महिलातर्फ ८ जना, दलिततर्फ ६ जना, पिछडा क्षेत्रतर्फ २ जना गरी कुल ८६ जनाका लागि दरखास्त आह्वान गरिएको हो । 

इन्स्पेक्टर बनेर देशको सेवा गर्न चाहनेले जेठ १६ गतेदेखि असार १७ गतेसम्म तोकिएका स्थानबाट आवेदन फारम भर्नसक्ने बताइएको छ । 

महानगरी प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौ, क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत र दिपालयबाट समेत दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । दरखास्त दस्तुर ७ सय रुपैयाँ र एकभन्दा बढी समूहमा दरखास्त दिंदा प्रत्येक समूहका लागि अतिरिक्त २० प्रतिशतका दरले रकम बुझाउनुपर्नेछ । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सोसरह उतीर्ण भएको, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, मानवाधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, आतंककारी संगठनको सदस्य नरहेकोले आवेदन दिन सक्ने बताइएको छ । यसैगरी, पुरुषको हकमा उचाई घटीमा ५ फिट २ इञ्च, छाति ३१-३३, तौल ५० केजी हुनुपर्ने र महिलाको हकमा उचाईं घटीमा ५ फिट, तौल कम्तीमा ४२ केजी हुनुपर्नेछ । आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएकोले मात्र दरखास्त दिनसक्नेछ । 

२० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको, तर खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाको राजत्रप अनकिंत प्रहरी कर्मचारीको हकमा चाहि ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

प्रारम्भिक स्वास्थ्य परीक्षण, शारिरीक तन्दूरुस्ती परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण परीक्षा, लिखित परीक्षा, विशेष स्वास्थ्य परीक्षण परीक्षा र अन्तर्वार्ताको विधिबाट इन्स्पेक्टर छनौट गरिनेछ ।