काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड आफ्नै पूर्व कदमबाट पछि हटेको छ । नेपाल लाइफ इन्स्योेरेन्स र फरवार्ड माइक्रो फाइनान्सलाई फागुन १३ गतेभित्र आइपीओ र एफपीओको बाँडफाँड सक्न निर्देशन दिएको बोर्ड एक कदम पछि हट्दै एकसाताको समय थप गरेको हो । 

यसअघि नेपाल लाइफ र फरवार्डको एफपीओ आइपीओमा परेको रकम फ्रिज हुँदा तरलताको समस्या विकराल बनेको निश्कर्ष निकाल्दै बोर्डले फागुन १३ गतेभित्र यस्तो बाँडफाँड सक्न निर्देशन दिएको थियो । यो निर्देशनबाट बोर्डको भूमिको प्रशंसा भएको थियो । तर, यी दुुई कम्पनीको एफपीओ र आइपीओ बाँडफाँडको काममा लागेका बिक्री प्रबन्धकहरुको अनुरोधलाई स्वीकार गर्दै बाँडफाँडको समय बढाइएको बोर्डका एक अधिकारीले बताए । 

बिक्री प्रबन्धकको काम गरिरहेका कम्पनीका अधिकारीहरुका अनुसार बोर्डले नेपाल लाइफको एफपीओ फागुन २२ गतेभित्र र फरवार्डको आइपीओको बाँडफाँड आगामी फागुन २० गतेभित्र सक्ने सुविधा प्रदान गरेको छ । 

नेपाल लाइफको एफपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ भने फरवार्डको आइपीओमा नबील इन्भेष्मेन्ट बैकिंगले गरिरहेको छ । 

नेपाल लाइफले प्रिमियमसहित प्रति कित्ता १४२५ रुपैयाँको दरले  ३० लाख ९६ हजार कित्ता एफपीओ निश्कासन गरेको थियो । यसको एफपीओमा २ लाख ५० हजार आवेदकबाट ५२ अर्बको आवेदन परेको थियो । यस्तै, फरवार्ड माइक्रो फाइनान्सको आइपीओमा १ लाख ३० हजार निवेदनबाट ६ अर्ब ८० करोडको आवेदन परेको थियो ।