काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल बैंक लिमीटेडलाई १ सय बराबर २३.७४ को अनुपातमा हकप्रद निश्कासनको अनुमति दिएको छ । 

सिभिल क्यापिटल मार्केट्स लिमीटेड नेपाल बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धक तोकिएको छ । 

२०७३ जेठ २८ गते सम्पन्न नेपाल बैंकको ५६ औं वार्षिक साधारणसभाले २३.७४ प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव बोर्डबाट समेत स्वीकृत भएपछि अब यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद निश्कासन गर्नेछ । 
यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । स्वीकृत हकप्रद निश्कासनपछि नेपाल बैंकको चुक्तापूँजी ८ अर्ब ४ करोडको उचाईमा पुुग्नेछ । 

नेपाल बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म नै १ अर्ब ८९ करोडको उच्च नाफा आर्जन गरेको छ । यो बैंकको मंगलबारको अन्तिम सेयर मूल्य प्रति कित्ता ४ सय ६० रुपैयाँ रहेको छ ।