काठमाण्डौ । कात्र्तिक १२ गते बसेको नेपाल क्लियरिङ हाउस लिमीटेडको बोर्ड बैठकले राजनसिंह भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुनर्नियुक्ति गरेको छ । 

बोर्डको अध्यक्षको रुपमा उनको यो दोस्रो कार्यकाल हुनेछ । राजनसिंह भण्डारी(प्रतिनिधि–सिटिजन्स बैंक इन्टरनेशनल लि.) लगायत उपेन्द्र पौडेल(प्रतिनिधि–एन.एम.बी. बैंक लि.) र ज्योतिप्रकाश पाण्डे (प्रतिनिधि –नेपाल इन्भेष्टमेण्ट बैंक लि.) गत आश्विन १२ गतेको वार्षिक साधारणसभामार्फत बाणिज्य बैंक समूह तर्फबाट संचालकको पदमा निर्वाचित भएका थिए । 

नेपाल क्लियरिङ हाउस लिमिटेडका अन्य संचालकहरुमा जनकबहादुर अधिकारी(कार्यकारी निर्देशक–नेपाल राष्ट्र बैंक), कृष्णराज लामिछाने (प्रतिनिधि–कैलाशविकास बैंक लि.),सरोजकाजी तुलाधर(प्रतिनिधि–गुडविल फाइनान्स लि.) र रविन्द्रबहादुर मल्ल (प्रतिनिधि–स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.) रहेका छन् ।